मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

सिक्किमको स्कारपीयोले ठक्कर दिंदा सुन्दरहरैंचाका श्रेष्ठ दाजुभाइ गंभीर घाइते

Kanchan24 1+ समाचार ( )
१२ कार्तिक २०८०, आइतबार

मोरङ । मोरङको उर्लाबारी नयाँ मंगलबारेस्थित पूर्वपश्चिम राजमार्गमा भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना गंभीर घाइते भएका छन् । पश्चिमतर्फ आउँदै गरेको एस के ०१ जी ००४८ नम्बरको भारतीय स्कारपियोले पूर्वतर्फ जाँदै गरेको को ३७ प ५६७० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ का २ जना युवा घाइते भएका हुन् ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैंचा १ का २२ वर्षीय मनोज श्रेष्ठ र पछाडी सवारी उनका दाजु २४ वर्षीय मन्दिप श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । उनीहरुको खुट्टा र पेटमा चोट लागेको र विर्तामोडस्थित वी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्कारपियो चालक भारतको सिक्किमस्थित याङथाङ घ्याल्सिङ घेजिङ निवासी २७ वर्षीय प्रणय गुरुङ र सवारी प्रहरी नियन्त्रणमा रहेको उर्लाबारी प्रहरीले जनाएको छ । ठक्कर दिने स्कारपीयोमा गभरमेन्ट अफ सिक्मिम लेखिएको छ  । यता प्रहरीले भने स्कारपीयो सरकारी नम्बर प्लेटको हो वा होइन भन्ने विषयमा सूचना लिने काम भइरहेको जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार