मुख्य समाचार
कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न |

पत्रकार सुरेश रजकको हत्या सञ्चारगृह माथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासङ्घ सप्तरीको प्रदर्शन

Kanchan24 322+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

कञ्चनरूप । राजावादीहरूले शुक्रबार काठमाडौं स्थित तिनकुनेमा गरेको अराजकतावादी प्रदर्शनको क्रममा एक जना पत्रकारको हत्या, तीनजना भन्दा बढी सञ्चारकर्मी माथि कुटपिट र दुई सञ्चारगृह माथि भएको तोडफोड-आगजनीको विरोधमा शनिवार सप्तरीमा प्रदर्शन भएको छ ।
उच्छृङ्खल राजावादीहरूले पत्रकार र सञ्चारगृह माथि ताकेर गरिएको प्रहार प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै नेपाल पत्रकार महासङ्घ सप्तरीको अगुवाइमा सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको हो ।
स्थानीय पत्रकार महासङ्घको कार्यालयबाट निस्किएको पत्रकारहरूको विरोध जुलुस राजविराज नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएका थिए ।
राजावादीहरूले तिनकुनेस्थित एक घरबाट रिपोर्टिङ गरिरहेका पत्रकार सुरेश रजकलाई कोठामा थुनेर बाहिरबाट आगो लगाइदिएको भिडियोहरू नै सामाजिक सञ्जालमा भाइरल भइसकेको अवस्थामा पनि राज्यले त्यस्ता आपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई पक्राउ गरि कारबाही अगाडि बढाउन सप्तरीका पत्रकारहरूले माग गरेका छन् ।
जनतालाई सूचनाको माध्यमले सूचित गराउने जिम्मेवारीमा रहेकै बखत देशकै प्रमुख टेलिभिजन कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा तोडफोडसँगै आगजनी गर्नु राजावादीहरूको असली चरित्र प्रदर्शन भएको भन्दै भिडियोहरूमा अनुहार सार्वजनिक भएका व्यक्तिहरूलाई पक्राउ गरि कारबाही गर्न सरकारसँग पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले माग गर्नुभयो ।
यसैगरी समाचार सङ्कलनमा खटिएका हिमालय टेलिभिजनका पत्रकार र अनलाइनखबरका पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही गर्नसमेत माग गरिएको छ ।
संविधान बमोजिम अभिव्यक्ति दिन र शान्तिपूर्ण प्रदर्शनको नाममा अराजक गतिविधिसँगै मिडियामाथि आक्रमण गर्ने जोसुकैलाई कानुन बमोजिम कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी आन्दोलनरत पत्रकारहरूले दिएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार