मुख्य समाचार
रूपनगर चोकमा आँपको प्रतिविम्ब निर्माणको माग | ठूला दलले जनताका समान्य आवश्यकता पनि पुरा गर्न सकेन्न : उपसभापति वाग्ले | कथा : भैंसी माइलालाई रातो कार्पेट ! | लिटिल फ्लावर रूपनगरको एसईई २०८१ मा उत्कृष्ट नतिजा | सप्तरीका पालिकाहरूमा बेरुजु लगभग ६ अरब पुग्यो | कञ्चनरूपमा उपप्रमुखको अनुपस्थितिमा बजेट ६८ करोड बजेट पास | नियम र कानुनको मर्म विपरीत नगरसभा डाकिनु कानुनी शासनको उपहास : मेयरका प्रत्यासी | होटल व्यवसायीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण | कञ्चनरूपका विद्यालयहरूले दिवा खाजा नै नखुवाई करिब ७ लाख झ्वाम | कञ्चनरूपमा भ्रमणको औचित्य पुष्टि नगरी लाखौं खर्च |

पत्रकार सुरेश रजकको हत्या सञ्चारगृह माथि भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासङ्घ सप्तरीको प्रदर्शन

Kanchan24 198+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

कञ्चनरूप । राजावादीहरूले शुक्रबार काठमाडौं स्थित तिनकुनेमा गरेको अराजकतावादी प्रदर्शनको क्रममा एक जना पत्रकारको हत्या, तीनजना भन्दा बढी सञ्चारकर्मी माथि कुटपिट र दुई सञ्चारगृह माथि भएको तोडफोड-आगजनीको विरोधमा शनिवार सप्तरीमा प्रदर्शन भएको छ ।
उच्छृङ्खल राजावादीहरूले पत्रकार र सञ्चारगृह माथि ताकेर गरिएको प्रहार प्रेस स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै नेपाल पत्रकार महासङ्घ सप्तरीको अगुवाइमा सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको हो ।
स्थानीय पत्रकार महासङ्घको कार्यालयबाट निस्किएको पत्रकारहरूको विरोध जुलुस राजविराज नगरको विभिन्न भागमा प्रदर्शन गर्दै जनआन्दोलन चौकमा पुगेर विरोध सभामा परिणत भएका थिए ।
राजावादीहरूले तिनकुनेस्थित एक घरबाट रिपोर्टिङ गरिरहेका पत्रकार सुरेश रजकलाई कोठामा थुनेर बाहिरबाट आगो लगाइदिएको भिडियोहरू नै सामाजिक सञ्जालमा भाइरल भइसकेको अवस्थामा पनि राज्यले त्यस्ता आपराधिक प्रवृत्तिका व्यक्तिहरूलाई पक्राउ गरि कारबाही अगाडि बढाउन सप्तरीका पत्रकारहरूले माग गरेका छन् ।
जनतालाई सूचनाको माध्यमले सूचित गराउने जिम्मेवारीमा रहेकै बखत देशकै प्रमुख टेलिभिजन कान्तिपुर र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा तोडफोडसँगै आगजनी गर्नु राजावादीहरूको असली चरित्र प्रदर्शन भएको भन्दै भिडियोहरूमा अनुहार सार्वजनिक भएका व्यक्तिहरूलाई पक्राउ गरि कारबाही गर्न सरकारसँग पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देवले माग गर्नुभयो ।
यसैगरी समाचार सङ्कलनमा खटिएका हिमालय टेलिभिजनका पत्रकार र अनलाइनखबरका पत्रकारमाथि आक्रमण गर्नेमाथि कारबाही गर्नसमेत माग गरिएको छ ।
संविधान बमोजिम अभिव्यक्ति दिन र शान्तिपूर्ण प्रदर्शनको नाममा अराजक गतिविधिसँगै मिडियामाथि आक्रमण गर्ने जोसुकैलाई कानुन बमोजिम कारबाही नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी आन्दोलनरत पत्रकारहरूले दिएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार