मुख्य समाचार
सप्तरीका चारै क्षेत्रमा ‘हेभीवेट’ भिडन्त : फागुन २१ को चुनाव प्रतिष्ठाको निर्णायक परीक्षा | अदालतको कडा सन्देश : कञ्चनरुप विवादमा उपमेयर असफल | सप्तरीमा गगन थापा कडा अभिव्यक्ति: ‘भदौ २३–२४ बिर्सन सकिँदैन, संकटमा काँग्रेस नै भरोसा’ | पुराना हारको बदला कि नयाँको उदयः सप्तरी–१ को चुनावी माहोल | मधेश केन्द्रित चुनावी अभियानमा बालेन, सप्तरीदेखि बर्दिबासतर्फ दौडाहा | पत्रकारका प्रश्नमा डीएसपी रायमाझीः अपराध नियन्त्रणमा सम्झौता हुँदैन | समानुपातिक सूचीबाट नाम हटाइनु दलको लापरवाही कि उम्मेदवारको बेवास्ता ? | चुनाव आयो, प्रश्न उहीँ छन् ,सप्तरीलाई भाषण चाहिएको हो कि नतिजा ? | आचारसंहिता कडाइः सप्तरीमा चुनावी मैदानमा अनुशासनको सन्देश | सप्तरी–२ः चुनावभन्दा ठूलो बहस मतपत्रमा नाम होइन, मधेशको दिशा राखिँदैछ |
मुख्य समाचार
सप्तरीका चारै क्षेत्रमा ‘हेभीवेट’ भिडन्त : फागुन २१ को चुनाव प्रतिष्ठाको निर्णायक परीक्षा | अदालतको कडा सन्देश : कञ्चनरुप विवादमा उपमेयर असफल | सप्तरीमा गगन थापा कडा अभिव्यक्ति: ‘भदौ २३–२४ बिर्सन सकिँदैन, संकटमा काँग्रेस नै भरोसा’ | पुराना हारको बदला कि नयाँको उदयः सप्तरी–१ को चुनावी माहोल | मधेश केन्द्रित चुनावी अभियानमा बालेन, सप्तरीदेखि बर्दिबासतर्फ दौडाहा | पत्रकारका प्रश्नमा डीएसपी रायमाझीः अपराध नियन्त्रणमा सम्झौता हुँदैन | समानुपातिक सूचीबाट नाम हटाइनु दलको लापरवाही कि उम्मेदवारको बेवास्ता ? | चुनाव आयो, प्रश्न उहीँ छन् ,सप्तरीलाई भाषण चाहिएको हो कि नतिजा ? | आचारसंहिता कडाइः सप्तरीमा चुनावी मैदानमा अनुशासनको सन्देश | सप्तरी–२ः चुनावभन्दा ठूलो बहस मतपत्रमा नाम होइन, मधेशको दिशा राखिँदैछ |


तिलाठी कोईलाडीको बजेट करिब ४४ करोड

Kanchan24 267+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

राजविराज । तिलाठी कोइलाडी गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि करिब ४४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ ।

शुक्रबार आयोजित आगामी आर्थिक बर्ष २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुती तथा १२औं गाउँ सभामा ४३ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट पेश गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले बताइए  । कुल बजेटको चालुतर्फ ३२ करोड ८८ लाख १५ हजार र पूँजिगत तर्फ १० करोड ९६ लाख ४ हजार रुपैयाँ रहेको बताइएको छ । 
सो बजेटमा सङ्घबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ १० करोड ६७ लाख र सशर्त अनुदानतर्फ १९ करोड १० लाख, सङ्घीय राजस्व बाँडफाँडबाट ८ करोड ९० लाख ७९ हजार ३६८ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यसैगरी प्रदेश सरकारबाट राजश्व बाँडफाँड तर्फ ४५ लाख प्राप्त हुने अनुमान गरिएको  छ भने वित्तीय समीकरणतर्फ ८० लाख, सशर्त अनुदानतर्फ ८० लाख, विशेष अनुदान ३० लाख र समपूरक अनुदानतर्फ २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिनुभयो । कुल आन्तरिक आम्दानी २ करोड ६१ लाख ४० हजार रुपैयाँ अनुमान गरिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण (जेसी अडिट) को सुरुवात, बालमैत्री तथा बाल श्रममुक्त पालिका घोषणाका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । व्यवसायिक रुपमा पशुपालन व्यवसाय गर्ने कृषकलाई सहकारी संस्थामार्फत ५० प्रतिशत निर्ब्याजी ऋण उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने, कृषिलाई व्यवसायिक तथा उत्पादनमुखी बनाउन गहुँ, धान र प्लाष्टिकको स्प्रेयर ५० प्रतिशत अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिइने तथा कृषि विद्युतीकरणको लागि आवश्यक बजेट विनियोजन गरि कृषि विद्युतीकरणमा जोड दिइने नीति लिइएको छ ।
उच्च शिक्षा अध्ययन गर्न चाहने दलित, गरिब तथा जेहेन्ददार बालबालिकाका लागि आवश्यक छात्रवृत्तिको ब्यवस्था गरिने, सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक तालिम सञ्चालन गरिने नीति लिइएको प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले जानकारी दिए ।
पत्रकारिता जगतको संस्थागत विकासका साथै क्षमता विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, मैथिली साहित्य, भाषा, संस्कृति क्षेत्रको संस्थागत तथा समुचित विकासको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने, पालिका भित्र रहेको सार्वजनिक संरचनाहरू (जस्तै पालिका भवन, स्वास्थ्य चौकी, विद्यालय भवन, अन्य) लाई अपाङ्गतामैत्री बनाइने, विपदको जोखिमबाट प्रभावित बर्गको रुपमा रहेको अपाङ्गता भएका व्यक्तिहरूको लागि विपद पूर्वतयारी तथा प्रतिकार्यको लागि बिभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याइने नीति लिइएको छ ।

बाढीबाट अत्यधिक प्रभावित वडाहरूमा पूर्वानुमानमा आधारित विपद जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने, बढ्दो गर्मीलाई ध्यानमा राखी विभिन्न विकास साझेदारहरूसँग मिलेर आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने, कक्षा ८ सम्म सामुदायिक तथा संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा विपद् जोखिम न्यूनीकरण शिक्षालाई लागू गर्न आवश्यक ब्यवस्था मिलाइने, जलवायु परिवर्तन तथा विपद् जोखिम न्युनीकरणका लागि युवा परिचालन अभियान सञ्चालन गरिने तथा विशेष समावेशी तथा जलवायुमैत्री कार्यक्रमहरू सञ्चालन गरिने नीति लिइएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
सो अवसरमा तिलाठी कोईलाडी गाउँपालिकाका योजना शाखा प्रमुख राजुकुमार झा, कृषि शाखा प्रमुख उदयकान्त झा, अशोककुमार मण्डल, पशु शाखा प्रमुख बद्रीनारायण मण्डल, सिअहेब अधिकृत मनोज कुमार देव र संजय कुमार ठाकुर, अनमी प्रकृति यादव, प्रधानाध्यापकद्वय प्रवीण कुमार कर्ण र केदार पण्डित, आलेप विध्या कार्की, फिल्ड सहायक रतनकुमार मिश्र, कार्यालय सहयोगीहरु जुगनु कुमार मण्डल, राजाराम मण्डल र पवन गिरीलाई कदर पत्र र गम्छाले सम्मान गरियो ।
तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित १२औं गाउँ सभामा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेशकुमार मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत, हरिनारायण मण्डल र सत्यनारायण मण्डलसहितकाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार कर्णले स्वागत गर्नुभएको सो कार्यक्रम गाउँपालिकाका विपद ब्यवस्थापन अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार