कञ्चनरूप । सप्तरीलको कञ्चारूप ८ मा रहेको Peace Angeles स्कुल १६ औं स्थापना तथा अभिभावक दिवस मनाएको छ ।
स्कुलले एक कार्यक्रमको आयोजना गरी स्थापना दिवसको अवसरमा सरसफाई ' खेलकुद लगायत विभिन्न विद्या सफल विद्यार्थीहरू पुरस्कृत गरेको छ । १६ ओैं बार्षिकोत्सवको अवसरमा स्कुलका नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरूलाई आज पुरस्कार विरतण गरेको हो ।
स्थापना दिवसमा कार्यक्रमका कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाव गुप्ताले यस स्कुलले सिमित श्रोत साधानले सञ्चालन भए पनि शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
स्कुलका प्रिन्सिपल दिप नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनरूप नगरपालिकाका पूर्व नगर प्रमुख बसन्त मिश्र ' सर्वोदय मावि पूर्व शिक्षकहरु ' पत्रकार अनिल पोखरेल तथा शिक्षक अभिभावकहरूको उपस्थिति रहेको थियो ।