जसपा नेता राय एकीकृत समाजवादीमा प्रवेश

२९ माघ २०८१, मङ्गलबार
राजविराज । जसपाका नेता रामधन राय नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
मङ्गलबार राजविराजमा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उनलाई पार्टीमा स्वागत गरका हुन ।
नेकपा एकीकृत समाजवादी पार्टी सप्तरीद्वारा राजविराजमा मङ्गलबार जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न आएको वेला प्रशिक्षण पूर्वप्रधानमन्त्री खनालले नेता रायलाई फुलमालालाई पार्टीमा स्वागत गरका हुन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका –१ निवासी राय जसपाबाट सोही वडाको वडा अध्यक्षमा प्रत्यासी उम्मेदवार हुन ।