मुख्य समाचार
राजविराजमा अन्तरक्रियासहित मनाइयो ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस | सप्तरीमा पूर्वमुख्यमन्त्री सहित ९० उम्मेदवारको जमानत जफत | मधेशमा ठूलो उलटफेर : मधेशकेन्द्रित दलहरू संसदबाहिर, ऐतिहासिक ‘क्लीन स्वीप’ | कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा | कर्तव्य निभाउँदै असई परशुराम यादवको निधन, राजकीय सम्मानसहित अन्त्येष्टि | राजविराजमा होली रंगसँगै सद्भाव र सांस्कृतिक संरक्षणको सन्देश | सप्तरीमा (नियोक)ले निर्वाचन लागि ११ जना अनुगमनका पर्यवेक्षक परिचालन | सूर्यनाथ यादव का प्रतिबद्धता सार्वजनिक, विकास र सुशासनमा जोड | सप्तरीमा यस वर्ष आँप उत्पादन बढ्ने अनुमान | सप्तरी १ मा २०४८ देखि २०७९ सम्मको राजनीतिक यात्रा र तातेको वर्तमान चुनावी मैदान |

इजरायलबाट नेपालीलाई लिएर उड्यो विमान, आजै राति नेपाल आइपुग्ने

Kanchan24 1+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

मोरङ । युद्धग्रस्त देश इजरायलमा उद्धारको पर्खाइमा रहेका २ सय ५३ जना नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको जहाज नेपालतर्फ उडेको छ । इजरायलस्थित तेल अभिभ विमानस्थलबाट उडेको जहाज आजै राति नेपाल आइपुग्नेछ । परराष्ट्र मन्त्री एनपी साउद स्वयम् नेपाली विद्यार्थी लिन इजरायल पुग्नु भएको थियो । 

मन्त्री साउदको सचिवालयले दिएको जानकारीअनुसार २ सय ५३ जना नेपाली नागरिकलाई लिएर नेपाल वायु सेवा निगमको जहाज नेपालका लागि उडेको हो । आज राति १ः३० बजे जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।

इजरायलमा चार हजार पाँच सय जना नेपाली कामदार (केयर गिभर) छन् । उनीहरू हालसम्म सुरक्षित छन् । दुई सय ६५ जना नेपाली विद्यार्थीमध्ये हमासको आक्रमणबाट गत शनिबार १० जना विद्यार्थीको मृत्यु भएको थियो । केही घाइते भएर उतै उपचाररत छन् भने एकजना वेपत्ता छन् ।

हमासले आक्रमण गरेको इजराइलको गाजा आसपासको क्षेत्रमा समस्या भएपनि अन्य क्षेत्रमा भने हालसम्म अवस्था शान्त नै रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार