मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

मेयर कपको उद्घाटन खेलमा लेटाङ—६ को सानदार जीत

Kanchan24 1+ समाचार ( )
१३ आश्विन २०८०, बुधवार

मोरङ । लेटाङ नगरपालिकाको आयोजनामा आजदेखि दोश्रो मेयर कप फुटवल प्रतियोगिता सुरु भएको छ । आज लेटाङ ३ कमलपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा वडा नम्बर ६ ले सानदार जित हात परेको छ । एकतर्फि जस्तो देखिएको खेलमा वडा नम्बर ७ लाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै वडा नम्बर ६ ले सेमीफाइनलमा स्थान पक्का गरेको छ । वडा नम्बर ६ ले अब सेमिफाइनलमा वडा नम्बर २ र ८ बीचको खेलको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा म्यान अफ दी म्याच वडा नम्बर ६ का समीप मगर घोषित भए ।

लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लवती र उपप्रमुख कृष्णकुमारी निरौलाले प्रतियोगिताको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख प्रशासिकय अधिकृत नारायण प्रसाद न्यौपाने, विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विभिन्न रजनैतिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।  

प्रतियोगितामा उपाधि विजेता टीमले नगद १ लाख ३५ हजार र उपविजेता टीमले ६५ हजार पुरस्कारसहित ट्रफि पाउने छन् । यस्तै प्रत्येक खेलमा म्यान अफ दी म्याच तथा प्रतियोगिताको अन्तिममा बेष्ट गोलकिपर, बेष्ट डिफेन्डर, बेष्ट फरवार्ड, हाइस्कोरर र म्यान अफ दी म्याच घोषणा गरि पुरस्कृत गरिने सदस्यसचिव राईले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका ९ वटै वडाबीच प्रतिस्पर्धा हुँदैछ । भोलिको खेल वडा नम्बर २ र वडा नम्बर ९ बीच हुनेछ भने  फाइनल खेल असार २२ गते हुनेछ । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुलाई समेटेर नगर स्तरीय फुटबल टीम तयार गर्ने योजना रहेको नगर खेलकुद विकास समितिका सदस्य सचिव कृष्णराज राईले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार