मुख्य समाचार
कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज | रूपनगरमा न्यायाधीश र विद्यार्थीबीच कानुनी साक्षरतासम्बन्धी अन्तर्क्रिया | सप्तकोशीमा अपाङ्गता भएका ४० जनालाई सहायक सामग्री वितरण | हटैलमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न | सप्तरीका पत्रकारले सरकारी विज्ञापन नीति विरुद्ध प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए | सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित |

लेटाङमा तेस्रो चिसाङ नकआउट फुटबल प्रतियोगिता हुँदै (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२० माघ २०८०, शनिबार

- राजु गौतम 

लेटाङ, २० माघ । लेटाङमा तेस्रो चिसाङ नकआउट फुटबल प्रतियोगिता २०८० हुने भएको छ । आयोजक क्लब चिसाङ युवा क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै माघ २४ गतेदेखि फागुन ३ गतेसम्म लेटाङस्थित प्याब्सुल खेल मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो ।

झापा, मोरङ र सुनसरीका ८ वटा टीमहरु सहभागी हुने प्रतियोगिताको उद्घाटन खेलमा माघ २४ गते पथरी ११ र लेटाङ फुटबल क्लव प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको उपाधि विजेताले ट्रफी सहित १ लाख २० हजार तथा उपविजेताले ट्रफी सहित ६५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

यस्तै प्रतियोगिताका हरेक खेलको म्यान अफ द म्याच तथा विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत नगद तथा ट्रफीको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

लागूऔषध दुव्र्यसन तथा बालहिंसा मुक्त समाज निर्माण गरौं भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितालाई नेपाल सरकार खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग रहने आयोजकले जनाएको छ । साथै लेटाङ नगरपालिका, विभिन्न सहयोगी दाता तथा खेलप्रेमीहरूको सहयोगमा १२ लाख १५ हजार ६ सय ६० रुपैयाँको लागतमा प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ । 

प्रतियोगितालाई सपोर्ट पुनस्थापना केन्द्र पथरी र उज्यालो जीवन प्रतिष्ठान जाँतेले सहप्रायोजन गरेका छन् । प्रतियोगिताका खेलहरू मिडिया पार्टन लेटाङ खबरले प्रत्यक्ष प्रशारण गर्न जनाइएको छ ।

प्रतियोगितामा पथरी ११, लेटाङ फुटबल क्लव, इन्द्रेणी युवा क्लव वराहक्षेत्र सुनसरी, एपीएफ, दमक चात्या सा फुटबल क्लव, आयोजक चिसाङ युवा क्लव, विर्तामोड फुटबल क्लव झापा र बेलबारी फुटबल क्लव गरि ८ टीम सहभागी हुनेछन् । 

भिडियो समाचारका लागि   https://fb.watch/pZZMqy_4TX/   मा क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार