मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |
मुख्य समाचार
सम्पादक पोखरेलसहित विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित | प्रजातान्त्रिक आन्दोलनका योगदानकर्ताको सम्मान अपरिहार्य : सभामुख यादव | तरबारले केक काट्दा‘ जन्मदिनको रमाइलो सिधै हिरासतमा ! | घोघी टिप्न गएकी महिला कोशी टप्पुको तलाउमा डुबेर बेपत्ता | खोत्तरदेवी गुफा: भीड बढ्दै, राज्य हराउँदै ,“पार्किङ” र “मेला शुल्क” का नाममा अवैध असुलीको खेल | रूपनगर क्याम्पसमा एकराज ढकाल स्मृति छात्रवृत्ति स्थापना | एक दिनको चमत्कार: कञ्चनरूपको सुनाखरीले फेरि जगायो चासो | सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही |


लेटाङमा धुमधामका साथ मनाइयो सोनाम ल्होसार पर्व (भिडियोसहित)

Kanchan24 1+ समाचार ( )
२७ माघ २०८०, शनिबार

लेटाङ । मोरङको लेटाङ नगरपालिकामा तामाङ समुदायले धुमधामका साथ ल्होसार पर्व मनाएका छन् । लेटाङ ४ स्थित तामाङ वौद्ध गुम्वा परिसरमा वृहत साँस्कृतिक कार्यक्रम गरि सोनाम ल्होसार पर्व मनाइएको हो ।

लेटाङ तामाङ समाजका अध्यक्ष राम बहादुर ज्ञावा तामाङको अध्यक्षता तथा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा सोनाम ल्होसार पर्व मनाइएको हो । कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई तामाङ जातिको परम्परागत बाजा डम्फूका साथमा गीत गाएर तथा मन्त्रोच्चारणद्वारा गरिएको थियो । 


सो अवसरमा नेवार, लिम्बू, मगर, राई लगायत जातजातिका सँस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो । नेवार समुदायको लाखे नाच, लाठी नाच, लिम्बू समुदायको च्याब्रुङ नाच, मगर जातिको हुर्रा र राई जातिको साकेला नृत्य प्रस्तुत गरिएको थियो । यस्तै गरि कार्यक्रममा तामाङ सँस्कृति झल्कने विभिन्न गीतहरुमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।  

कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्र कुमार लावतीले ल्होसार पर्व निकै पुरानो पर्व रहेको भन्दै यसलाई जगेर्ना गर्न सबै जुट्नु पर्नेमा जोड दिनुभयो । उहाँले लेटाङमा तामाङ समुदाय जागरुक भएर आफ्नो संस्कृति जोगाउन लागिपरेको भन्दै खुशी व्यक्त गर्नुभयो । देशमा रहेका विविध जातजाति उनीहरुका सँस्कृति, भाषा र भेषभुसा देशकै सम्पती रहेको भन्दै राज्यले संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   

कार्यक्रममा लेटाङ नगरपालिकाका पूर्व नगर प्रमुख शंकर राई, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतले सम्बोधन गर्नुभयो । 

कार्यक्रममा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई, नेकपा एमाले लेटाङका अध्यक्ष कृष्ण लुइँटेल, सचिव जीत बहादुर लामा, नेपाली कांग्रेस लेटाङका सभापति दीपकचन्द्र राई, अन्य विभिन्न दलका प्रतिनिधिहरु, सामुदायीक वन लगायत विभिन्न संघ सँस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । 

ल्होसार कस्तो पर्व हो ? 

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले नयाँ वर्षका रुपमा सोनाम ल्होसार पर्व मनाउने गर्दछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि खरायो वर्ष सकिएर ड्रागन वर्ष २८६० सुरु भएको छ । ल्होसारमा पितृपूजा, कूलपूजा र प्रकृतिको पूजा गर्नुको साथै छोरीचेलीलाई निम्त्याएर टीका प्रसाद दिने प्रचलन रहेको छ । यस अवसरमा घर बस्तीहरु सफा गरी वुद्धका चित्रहरु अंकित ध्वजापताकाहरु टाँगेर वुद्धको पूजाअर्चना गरिन्छ । माघ शुक्ल प्रतिपदादेखि फागुन शुक्ल प्रतिपदासम्म १ महिना यो पर्व मनाइने लामा गुरुहरुको भनाइ छ । 

लोसार शब्द, दुई शब्द मिलेर बनेको छ । ‘लो’ अर्थात वर्ष वा साल भन्ने हुन्छ भने ‘सार’ को अर्थ नयाँ भन्ने हुन्छ । यसैले ल्होसारको अर्थ ‘नयाँ वर्ष वा नयाँ साल’ भन्ने बुझिन्छ । ल्होसार मनाउने समुदायले बौद्ध ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार ‘लो’ अर्थात वर्षलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट जनाउने गरिन्छ । मुसाबाट शुरु हुने यि वर्षहरु जंगली बँदेल वर्षमा पुगेर सकिन्छ ।

बाह्र वर्गका वर्षहरुलाई बाह्र राशीका रूपमा पनि लिने गरिन्छ । उक्त बाह्र वर्षसमाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गणना गर्ने चलन छ । 

भिडियो हेर्न  https://fb.watch/q7u5Tr2NP8/ मा क्लिक गर्नुहोला । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार