मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश

Kanchan24 325+ समाचार ( )
२३ जेठ २०८३, शनिबार

कञ्चनरूप । राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रका केन्द्रीय सभापति श्यामसुन्दर सरदारले बाँतर ९सरदार० समुदायको समग्र उत्थानका लागि शिक्षा, संगठनात्मक एकता र राजनीतिक सहभागिता मजबुत बनाउनुपर्ने बताएका छन्।

सप्तरीको कञ्चनरूप नगरपालिका–८ स्थित मिथिला पार्टी प्यालेसमा आयोजित राष्ट्रिय सरदार बाँतर समाज विकास केन्द्रको जिल्ला तथा महिला जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले समुदायको भविष्य सुनिश्चित गर्न शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार राज्यका विभिन्न नीति निर्माण तह र नेतृत्वदायी भूमिकामा समुदायको सहभागिता बढे मात्र अधिकार र अवसरको सुनिश्चितता सम्भव हुनेछ।

सभापति सरदारले बाँतर समुदाय अझै पनि आर्थिक तथा सामाजिक रूपमा पछाडि परेको उल्लेख गर्दै समुदायभित्र चेतना, आत्मविश्वास र नेतृत्व विकासको आवश्यकता औँल्याए। उनले संस्थाले विपन्न तथा समस्यामा परेका परिवारलाई विभिन्न प्रकारका सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा पनि समुदायको हितमा कामलाई निरन्तरता दिइने बताए।

उनले बाँतर समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानलाई जोगाउँदै आधुनिक शिक्षा र सीप विकासतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए। साथै स्थानीय, प्रदेश र संघीय तहमा समुदायको प्रतिनिधित्व बढाउन राज्यले विशेष पहल गर्नुपर्ने माग गरे।

कार्यक्रममा बोल्दै केन्द्रका केन्द्रीय उपाध्यक्ष बच्चेलाल सरदारले भूमिहीन, सुकुम्बासी तथा विपन्न परिवारहरूको व्यवस्थापन संवेदनशील ढंगले गर्न सरकारलाई आग्रह गरे। उनले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवामा कमजोर वर्गको सहज पहुँच सुनिश्चित हुनुपर्ने बताए।

त्यसैगरी केन्द्रीय उपाध्यक्ष रञ्जना सरदार तथा कञ्चनरूप नगरपालिका सभापति राजेश सरदारले समुदायबीच आपसी सहकार्य र एकता सुदृढ गर्न यस्ता अधिवेशनहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा जिल्लाभरबाट आएका प्रतिनिधि तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अधिवेशनले संगठन विस्तार, समुदायको हकहित संरक्षण तथा भावी कार्यदिशाबारे समेत छलफल गरेको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव बबैलाल माझीले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार