मुख्य समाचार
नेकपा (संयुक्त) को आह्वान : ‘घुस नखानेहरूको पार्टी’ बनाउन जेनजी र नागरिकलाई साथ दिन अपील | कञ्चनरूपमा ९ सय ७८ केजी गाँजासहित एक युवक पक्राउ | डाक्नेश्वरीमा वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न | रुपनगरमा खानेपानीको पाइप फुटेपछि, सङ्क्रमणको जोखिम बढ्दै | छठ मनाउँदाका क्रममा पोखरीमा डुबेर पुरुषको मृत्यु | “तीन सन्तान गुमाएको पीडा : सौर्य जहाज दुर्घटना जानाजान गरिएको मानवीय त्रुटि हो’ | कञ्चनरूपमा पत्रकारमाथि कुटपिट, पत्रकारहरूको सामूहिक उजुरी | कञ्चनरुपमा पत्रकारमाथि दुर्व्यवहारः पत्रकारद्वारा कानूनी कारबाहीको माग | जोगवनी बजार तनावग्रस्त, नेपालीको प्रवेश रोकियो | Kanchan24.com पाँचौँ वर्षको यात्रा पुरा गरी छैठौं वर्षमा प्रवेस |

नमुना युवा नगरसभाको अभ्यास गर्दै सुन्दरहरैंचाका युवाहरु

Kanchan24 1+ समाचार ( )
३० जेठ २०८०, मङ्गलबार

सुन्दरहरैचा । युवा पुस्तालाई संविधान, नियम कानून तथा संसदीय अभ्यास सिकाउने उद्देश्यका साथ मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबारदेखि नमुना युवा नगरसभा सुरु भएको छ । जिल्ला युवा समिति मोरङ र सुन्दरहरैँचा नगरपालिकाको संयुक्त आयोजनामा चार दिने नमुना युवा नगरसभा सुरु भएको छ । स्थानीय त्रिवेणी रिर्सोटमा सुरु भएको कार्यक्रमको कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले   उद्घाटन गर्नुभयो । सहभागीहरुलाई चार दिनसम्म नगरसभाबाट कानुन निमार्ण, नगरसभाको संसदीय अभ्यास र यसका प्रकृयाहरु, स्थानिय तहमा बजेट निर्माणका प्रकृयाहरु र स्थानिय सरकारमा युवाहरुको अर्थपूर्ण सहभागीताका बारेमा प्रशिक्षण हुने प्रशिक्षक सरोज ढकालले जानकारी दिनुभयो ।   

नमुना युवा नगर सभा जिल्ला युवा समितिको समन्वयमा गत वर्षदेखि सुन्दरहरैंचामा आयोजना गर्न थालिएको कार्यक्रमले युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाइ भविष्यमा देशको नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि प्रेरित गर्ने अपेक्षा लिइएको जिल्ला युवा समिति मोरङका अध्यक्ष सन्तोष घिमिरेले जानकारी दिनुभयो ।

उहाँले युवालाई नगरसभाको निर्णय प्रकृयाको ज्ञान दिई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउन पनि नमुना नगर युवा सभा कार्यक्रम गरिएको र यसबाट युवालाई नेतृत्व विकास गर्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नगरपालिकाको नगरसभा सञ्चालन गरे जस्तै गरि युवाहरुले अभ्यास गर्ने गर्दछन् । जसका लागि स्थानीय तहका वडामा वडा कार्यालय जस्तै गरि वडास्तरीय युवा क्लब गठन गरिएको छ । नमुना नगरसभामा पालिकाका १२ वटा वडाबाट ४५ जना युवा सहभागी छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार