मुख्य समाचार
ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्य | रुपनी–छिन्नमास्ता सडक निर्माण चाँडै सम्पन्न गराउन सक्रिय पालिका अध्यक्ष चौधरी | खाँडो खोलामा युवक मृत भेटिए | १४ सूत्रीय माग राखी डाक्नेश्वरीमा नगर प्रमुखलाई ज्ञापनपत्र | आफ्नो अधिकार के हो भन्ने बुझ्न जरुरी छ । | कञ्चनरूप कार्यपालिकाको नाममा अन्तरिम आदेश जारी नहुने आदेश जारी | बैंकमा कार्यरत सुरक्षागार्डको हत्या आरोपमा एक पक्राउ | कञ्चनरूप पडेमारामा अग्निपीडितलाई भाडा वर्तन लगायत सामग्री प्रदान | सरकारमा बसेर देश जनतालाई बेबकुफ बनाउँदै गरेको कांग्रेस नेताको आरोप | अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग |

लेटाङ कमलपुर बेलडाँगी पैनी स्तरोन्नती हुँदै, करिव साढे ६ करोडको काम हुने

Kanchan24 1+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

लेटाङ । लेटाङ ३ स्थित लेटाङ कमलपुर बेलडाँगी सिंचाइ पैनीको स्तरोन्नती  हुने भएको छ । प्रदेश सरकारमार्फत बजेट  व्यवस्थापन भएपछि ६ करोड ४७ लाखको लागतमा लेटाङ कमलपुर बेलडाँगी पैनीलाई पक्की ढलान गरि स्तरोन्नती गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष ओम प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सोही योजना सञ्चालनका विषयमा उपभोक्ताहरुलाई २ दिने तालिम समेत प्रदान गरिएको छ । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरले स्थानीय जनसेवा सामुदायीक वनको सभाहलमा आयोजना गरेको तालिममा सिंचाइ योजनाका ४५ जना उपभोक्ताहरुको सहभागिता रहेको थियो । 

लेटाङ कमलपुर बेलडाँगी सिंचाइ योजनाका लागि प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा बजेट विनियोजन भएपछि गुणस्तरीय रुपमा काम सम्पन्न गर्नका लागि जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरले उपभोक्ताहरुका लागि अभिमुखिकरण तालिम दिएको हो । तालिममा जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख मेघनाथ ज्ञवाली, इञ्जिनियर सुमन कुमार भट्टराई, गुलाब चौधरी, सव इञ्जिनियर निरज चौधरी र शाखा अधिकृत लक्ष्मी कुमारी माझीले योजना सञ्चालन गर्दा ख्याल गर्नुपर्ने कुराहरुको विषयमा जानकारी दिनुभयो । 

तालिममा विकास निर्माणका कार्य गर्दा उपभोक्ताहरुले गुणस्तरीय निर्माण कार्य गराउनका लागि ध्यान दिनुपर्ने विषय बारे पनि जानकारी गराइयो । तालिमको उद्घाटन कार्यक्रममा लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीको समेत उपस्थिति रहेको थियो भने समापन कार्यक्रममा लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई र लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठको समेत सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम संस्थाका सचिव कुमार भण्डारीले सञ्चालन गर्नु भएकोमा समापन कार्यक्रम सिंचाइ डिभिजनका सीएओ चोलिन्द्र विकले सञ्चालन गर्नु भएको थियो । 

६ करोड ४७ लाख बजेटबाट मुहानदेखि कमलपुर पुछारसम्म गरेर साढे ४ किलोमिटर क्षेत्रमा १५ महिना भित्र पैनीलाई पक्की ढलान गरिने सिंचाइ योजनाका अध्यक्ष ओमप्रकाश श्रेष्ठले जानकारी दिनुभयो । सो योजना अन्तरगत पहिलो चरणमा ५० लाख बजेटबाट ३ सय ९१ मिटर पैनीलाई पक्की ढलान गर्ने कार्य धमाधम भइरहेको छ । यस सिंचाइ योजनाबाट ११ सय विगाहा क्षेत्रमा सिंचाई सुविधा पुग्ने बताइएको छ । यसैबीच जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय विराटनगरका प्रमुख मेघनाथ ज्ञवाली नेतृत्वको टोलीले लेटाङ कमलपुर बेलडाँगी सिंचाइ योजनाको निर्माण कार्यको अवलोकन पनि गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै