मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

कञ्चनरूपमा शासन होइन,सत्ता–अहंकार चलेको छ “आँखा, कान बन्द नगरपालिकामा !”

Anil Pokharel 37+ समाचार ( )
४ माघ २०८२, शनिबार

कञ्चनरूप नगरपालिकामा सात महिनादेखि शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले तलब नपाउनु कुनै सामान्य प्रशासनिक ढिलाइ होइन। यो स्थानीय सरकारको पूर्ण विफलता र नेतृत्वको राजनीतिक गैरजिम्मेवारीको नाङ्गो प्रमाण हो। जनताको सेवामा खटिनुपर्ने जनप्रतिनिधि आज आफ्नै पद, प्रतिष्ठा र अहङ्कार जोगाउन व्यस्त देखिएका छन्। सडकमा उत्रिन बाध्य कर्मचारीहरू राज्यका विरोधी होइनन्, उनीहरू राज्यकै मेरुदण्ड हुन्। तर कञ्चनरुपको नेतृत्वले यही मेरुदण्ड माथि लगातार प्रहार गरेको छ। नगर प्रमुख र उप–प्रमुखबीचको शक्ति सङ्घर्ष यति गहिरो बनेको छ कि त्यसको मूल्य शिक्षक, स्वास्थ्यकर्मी र सेवाग्राही जनताले चुकाइरहेका छन्। नेतृत्वको गजक्कपनले शासन पंगु बनाएको छ। व्यंग्यचित्रमा देखाइएको “आन्दोलनले केही हुनेवाला छैन” भन्ने अभिव्यक्ति केवल एउटा संवाद होइन, यो सत्ताको घमण्ड हो। यो वाक्यले लोकतन्त्रप्रति गरिएको अपमान झल्काउँछ। आन्दोलन लोकतन्त्रको भाषा हो, तर कञ्चनरूपको नेतृत्वलाई त्यो भाषा सुन्ने कान छैन, देख्ने आँखा छैन—किनकि उनीहरू सत्ता–केन्द्रित घरभित्र बन्द छन्। स्थानीय सरकार सञ्चालन ऐनको पुस्तक फाइलमा थन्किएको छ, तर व्यवहारमा लागू भएको छैन। जनताको तलब रोकेर, सेवा अवरुद्ध पारेर र त्यसलाई सामान्य राजनीतिक रस्साकस्सी ठानेर बस्नु कानुनी अपराध मात्र होइन, नैतिक दिवालियापन हो। यस्तो अवस्थामा मौन बस्नु पनि अपराध सरह हुन्छ। तलब नपाएर आन्दोलनमा उत्रिएका शिक्षक र स्वास्थ्यकर्मीहरूलाई दोष दिनु सजिलो छ। तर वास्तविक दोषी को हो भन्ने प्रश्नबाट नेतृत्व भाग्न सक्दैन। सात महिना तलब नदिने सरकारलाई जनताको नाममा शासन गर्ने नैतिक अधिकार छैन। जनताको पसिनाको मूल्य नचुकाउने नेतृत्व वैध हुन सक्दैन।

आज कञ्चनरूपको राजनीतिक चरित्र हो। यहाँ जनताको पीडा सुन्ने कान बन्द छन्, तर सत्ता जोगाउने आँखा चौडा छन्। अब पनि नेतृत्वले आत्मालोचना नगरे, संवादको बाटो नखोले र तुरुन्त समाधान नदिए यो आन्दोलन केवल तलबको मुद्दामा सीमित रहनेछैन। यो जनप्रतिनिधिको विश्वसनीयता माथिको जनमतसङ्ग्रह बन्नेछ। कञ्चनरूपले अब निर्णय गर्नुपर्छ— लोकतान्त्रिक शासन कि अहङ्कारी सत्ता । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार