मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

सप्तरी माओवादी केन्द्रको जिल्ला अध्यक्षमा छेदी रजक चयन

Kanchan24 324+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

राजविराज । नेकपा माओवादी केन्द्र सप्तरीको बिहीवार विस्तारित बैठकबाट छेदी रजकको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको छ । सो कमिटीमा भागवत यादव उपाध्यक्ष बेचन चौधरी सचिव चयन भएको हो । त्यसै गरी संसदीय क्षेत्र नं. १ को इन्चार्जमा बेचन चौधरी, २ को इन्चार्ज भागवत यादव, सह इन्चार्जद्वय कलाम उदीन खाँ, प्रमोद यादव, ३ को इन्चार्ज शुकदेव साह र ४ को इन्चार्ज चतुर चौधरी, सह इन्चार्ज सुरेन्द्र यादव रहेको छ । यस्तै प्रदेश क्षेत्र १(क) का संयोजक रविन्द्र चौधरी, सह संयोजक ज्ञानेन्द्र घिमिरे १ (ख)का संयोजक कपलेश्वर सरदार, सह संयोजक राजु यादव र साविर खाँ क्षेत्र न. २ (क) का संयोजक विनोद यादव ,सह संयोजक खगेन्द्र मण्डल क्षेत्र न। ३ (क) का संयोजक देवलाल माली ,सह संयोजक बलराम यादव र ताज महमद क्षेत्र ३ ९ख० का  संयोजक कर्मलाल यादव, सह संयोजक अशोक चौधरी र रोहित यादव , क्षेत्र नं. ४ (क) का  संयोजक देव कुमार राम ,सह संयोजक लक्ष्मी चौधरी ,क्षेत्र ४ (ख) का संयोजक राम प्रसाद राम, सह संयोजक त्रय  सूर्यनाथ यादव, पशुपति यादव, शिवनन्दन शर्मालाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष रजकले जनाएको छ । पार्टीका नेता ,कार्यकर्ता, जेल नेल जीवन खेपेका ,सहिद परिवार र बेपत्ताका परिवारको साथै जनयुद्ध कालिन नेता, कार्यकर्ता  लगायतको सहभागिता रहेको थियो । सो बैठक   नेकपा माओवादीका केन्द्रिय सदस्य उमेश कुमार यादवको अध्यक्षता तथा वैकल्पिक केन्द्रिय सदस्य असर्फी सदाको सञ्चालनमा तथा पूर्व प्रदेश सदस्य छेदी रजकको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो । साही बैठकबाट विभिन्न समसामयिक विषयमा नेपाल र प्रदेश सरकारलाई ध्यानाकर्षण गर्ने प्रस्ताव समेत पारित गरेको पार्टी स्रोतले जनाएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार