मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

विद्युतीय सेवा
सप्तरीको पोर्ताहामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा

Anil Pokharel 37+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

कञ्चनरूप । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं। ३ पोर्ताहामा विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । 

हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख विरेन्द्र माझी र नेपाल विद्युत प्राधिकरण कञ्चनपुर वितरण केन्द्रका प्रमुख अरुण कुमार साहले संयुक्त रुपमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं। ३ पोर्ताहामा विद्युतीय चार्जिङ स्टेसन उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नगर प्रमुख माझीले चार्जिङ स्टेसनको सञ्चालनले विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन मिल्ने बताए । पेट्रोलियम पदार्थबाट सञ्चालित निजी र सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सकिएमा भविष्यमा इन्धन र ऊर्जामा  विदेशिने ठूलो धनराशी बचत हुने तथा व्यापार घाटा कम हुने उनको भनाइ छ । 

नगर प्रमुख माझीले भने चार्जिङ स्टेसन सञ्चालनले यस लोक मार्गमा हिँडने चार्जिङ सवारी साधन चार्ज  गर्न लाई सहज भएको छ भने निकट समयमै पालिका भित्र पर्ने अर्को स्थानमा पनि चार्जिङ स्टेसन सञ्चालन गर्नको लागी पहल गर्ने बताए । 

वितरण केन्द्रका प्रमुख साहले जिल्लामै यो चार्जिङ स्टेसन दोश्रो भने निजी लगानीमा भने पहिलो भएको बताए । यस अधि ले सप्तरीकै कदमाहामा प्राधिकरणले सञ्चालनमा ल्याई सकेको बताए ।   

विद्युतीय सवारी साधन चार्जिङ स्टेसनमा ६० किलोवाटका डिसी चार्जर जडान गरिएको छ भने चार्जिङ स्टेसनमा ६० किलो वाट क्षमताका दुई वटा फास्ट चार्जर रहेका छन् । यसबाट २ वटा सवारी साधन एक साथ चार्ज गर्न सकिने जनाइएको छ । 

करिव २५ लाखको लागतमा निर्माण सम्पन्न भएको सञ्चालक सौरभ अग्रवालले जनाए  भने केही समय पछि अर्को ६० किलोवाटका डिसी चार्जर जडान गरी एकै साथ ४ वटा सवारी साधन चार्ज गर्ने सकिने सञ्चालक अग्रवालले बताए । 

प्रतिक्रिया

Jeetendra Mandal १५ आषाढ २०८१, शनिबार

अत्यन्त सुखद् खबर। धन्यवाद अग्रवाल सर।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार