हाम्रो केराबारी
तराईको घाँच उत्तर पहाड जति जम्मै ।
महाभारत डाँडा दक्षिण जंगल बिच सम्मै । ।
पश्चिम धरान पूर्व लेटाङ बगैंचा र टारी ।
जता हेरो हेरौ लाग्ने हाम्रो केराबारी ।।
(१)
भोगटेनी पाटी गाउँ हेरि रहौं लाग्छ ।
जेफाले र तोपथुंकीले पर्यटकलाई डाक्छ ।।
धरातल विविध छन् गुराँसका घारी ।
हामीलाई प्यारो लाग्छ हाम्रो केराबारी ।।
(२)
हुर हुरे र मुगु अनि भलुवा, खदम खोला ।
हाम्रो प्यारो माटोलाई भिजाउँदै होला ।।
प्राकृतिक श्रोत अनेक सखुवाको घारी ।
याङ्शिला र बत्तिसजुरे हाम्रो केराबारी ।।
(३)
खदम क्याम्पस मच्छिन्द्र र विद्यालय हाम्रा ।
दसै वडा एकजुट बनौं विकास गर्दै राम्रा ।।
हरियाली कृषि उद्यम हाम्रा खेत बारी ।
मिलीजुली बस्छौं हामी हाम्रो केराबारी ।।
केराबारी, २०७७ फागुन, घनश्याम खतिवडा