मुख्य समाचार
सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो | छ वर्षको यात्रा : तपाईंको विश्वास, हाम्रो शक्ति | नेता ठूलो पदले बन्ने हो कि ठूलो संस्कारले? | सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? |
मुख्य समाचार
सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो | छ वर्षको यात्रा : तपाईंको विश्वास, हाम्रो शक्ति | नेता ठूलो पदले बन्ने हो कि ठूलो संस्कारले? | सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? |


संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी

Kanchan24 346+ समाचार ( )
१५ आषाढ २०८३, सोमबार

कञ्चनरूप । मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुनमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार लेखीले संघीय व्यवस्था र प्रदेश संरचना खारेज गर्नु भनेको नेपालको संविधान २०७२ नै समाप्त गर्नु सरह हुने बताएका छन्।

मिडिया काउन्सिल मधेश प्रदेशद्वारा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा कञ्चनरूप नगरपालिका–८ स्थित होटल मिथिला एण्ड पार्टी प्यालेसमा सोमबार आयोजित **‘विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनका लागि आचारसंहिता तथा भाषा र शैलीसम्बन्धी अभिमुखीकरण कार्यक्रम’**लाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।

लेखीले लोकतान्त्रिक समाजमा स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै पत्रकारले सत्य, तथ्य र आचारसंहितालाई आधार बनाएर जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्नुपर्ने बताए।

देशको विकास, समृद्धि र नागरिकको अधिकार सुनिश्चित गर्न संघीय शासन व्यवस्था अपरिहार्य रहेको उनको भनाइ थियो। संघीयता कमजोर बनाउने वा प्रदेश संरचना हटाउने प्रयास संविधान र लोकतान्त्रिक उपलब्धिविरुद्ध हुने उनले टिप्पणी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीलगायत केही राजनीतिक दलले अघि सारेको प्रदेश खारेज गर्ने अवधारणाप्रति असहमति जनाउँदै लेखीले जनताको बलिदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै पक्ष सचेत हुनुपर्ने बताए। सञ्चारमाध्यममाथि आर्थिक दबाब सिर्जना गर्ने कार्य लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गर्दै उनले पत्रकारलाई सत्य र जनपक्षीय विषयमा निर्भीक रूपमा कलम चलाउन आग्रह गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा बढ्दो विकृति र अपुष्ट सूचनाको प्रयोगले समग्र पत्रकारिता क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठिरहेको बताए। उनले पत्रकारिता आचारसंहिता सिक्ने मात्र होइन, व्यवहारमै कार्यान्वयन गर्नुपर्ने विषय भएको उल्लेख गर्दै तथ्यमा आधारित, सन्तुलित र उत्तरदायी पत्रकारितामा जोड दिए।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष अम्बिका दाहालले पत्रकारितामा बढ्दो उच्छृङ्खल प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै समाजमा द्वन्द्व र विभाजन सिर्जना गर्ने शैलीको पत्रकारिता स्वीकार्य हुन नसक्ने बताइन्। इमान्दार र जिम्मेवार पत्रकारलाई प्रोत्साहन गर्ने वातावरण आवश्यक रहेको उनको धारणा थियो।

लोक सञ्चार तथा चलचित्र बोर्ड मधेश प्रदेशका अध्यक्ष किशोरकुमार लेखीले विभिन्न लोकतान्त्रिक आन्दोलनमा सप्तरीका पत्रकारले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि व्यावसायिक र उत्तरदायी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवणकुमार देवले पत्रकारिताको नाममा हुने गैरव्यावसायिक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै आचारसंहिता पालना र तथ्यमा आधारित समाचार सम्प्रेषणबाट मात्र पत्रकारिताको विश्वसनीयता कायम रहने उल्लेख गरे।

मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले विश्वसनीय पत्रकारिता निर्माणका लागि व्यावसायिक दक्षता, शुद्ध भाषा–शैलीको प्रयोग तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन्।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाका राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै विश्वसनीय, मर्यादित र व्यावसायिक पत्रकारिता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार