मुख्य समाचार
सप्तरी उद्योग वाणिज्य संघमा नेतृत्व सहमतिमै टुंगियो , अध्यक्षमा पुन: अग्रवाल | भारी वर्षाको चेतावनी आयो, सप्तरी तयार छ ? | कञ्चनरूप कांग्रेसको नगर सभापतिमा सुरज र पप्पु आकांक्षी | सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवालको एकल उम्मेदवारी | एक महिनामै दुई सुत्केरीको मृत्यु : धर्मेश्वर अस्पतालमाथि उठ्यो गम्भीर प्रश्न | ल्याब बन्द, बिरामी निजीमा,कल्याणपुर PHC मा के हुँदैछ? | अस्पतालको गेटबाहिर प्रसूति : छानबिन नसकिँदै ६ कर्मचारी हटाइए | घटना मात्रै होइन, गजेन्द्रनारायण अस्पतालको वर्षौँदेखिको बेथिति पनि छानबिन होस् | कञ्चनरूपको राधाकृष्ण रथयात्रामा ५ लाख ६२ हजार खर्च, १ लाख ३७ हजार बाँकी | कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर |

कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने

Kanchan24 340+ समाचार ( )
धर्मेश्वर–धारापानी पैदलमार्गदेखि धार्मिक तथा ऐतिहासिक स्थल संरक्षणसम्मका योजना सार्वजनिक
१० आषाढ २०८३, बुधवार

कञ्चनरूप । कञ्चनरूप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाको संरक्षण, विकास र प्रवर्द्धनका विभिन्न योजना अघि सारेको छ।

नगरपालिकाको तेह्रौँ नगरसभा मा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न लभ्ली पार्कदेखि खोत्तर देवी हुँदै धारापानी धर्मेश्वरसम्म पैदलमार्ग निर्माण गरिने भएको छ। नगरपालिकाले धर्मेश्वर पर्यटकीय स्थलको स्तरोन्नति कार्यलाई निरन्तरता दिने पनि जनाएको छ।

नीति तथा कार्यक्रममा नगरभित्र रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको जिर्णोद्धार, विकास तथा प्रवर्द्धन का लागि आवश्यक बजेट विनियोजन गरिने उल्लेख छ। यसअन्तर्गत मठ, मन्दिर, मस्जिद, चर्च तथा प्रार्थना गृह निर्माण, साथै धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण र जिर्णोद्धार गरिने जनाइएको छ।

नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि धर्मेश्वर धारापानी, विष्णु मन्दिर, भजनेश्वर मन्दिर, गोरराजा मन्दिर, भगवती मन्दिर, पञ्चकन्या मन्दिर, राजा सलहेश, दिनाभद्री, गैडसिंह बाबा तथा डिठा पोखरीस्थित हनुमान मूर्ति स्थल लगायतका क्षेत्रको स्तरोन्नति गर्ने नीति लिएको छ।

त्यसैगरी, नगरभित्रका प्रमुख पर्यटकीय, धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रको समग्र विकास र प्रवर्द्धन गर्न बृहत् पर्यटन विकास गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याइने भएको छ। पर्यटकीय गन्तव्यहरूको पहिचान गरी पूर्वाधार विकास, स्तरोन्नति, वृत्तचित्र निर्माण तथा प्रचारप्रसारका कार्यक्रम समेत सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नगरपालिकाले पर्यटन क्षेत्रलाई आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडेर अघि बढाउने संकेत गरेको छ। नीति तथा कार्यक्रम कार्यान्वयनमा आएमा कञ्चनरूपलाई धार्मिक, सांस्कृतिक र आन्तरिक पर्यटनको सम्भावनायुक्त गन्तव्य का रूपमा विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार