मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी

Kanchan24 333+ समाचार ( )
२६ जेठ २०८३, मङ्गलबार

कंचनरुप। पुरुष बिरामीको अल्ट्रासोनोग्राफी (भिडियो एक्सरे) रिपोर्टमा ‘पाठेघर’ सम्बन्धी विवरण उल्लेख भएपछि सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यापक चर्चा भएको विषयमा कञ्चनपुर नगर अस्पतालले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।

अस्पतालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त घटना परीक्षण वा चिकित्सकीय निष्कर्षको त्रुटि नभई प्रतिवेदन टाइपिङ तथा सम्पादनका क्रममा भएको मानवीय गल्ती भएको जनाएको छ।

अस्पतालका अनुसार कञ्चनरुप नगरपालिका–१० निवासी ८० वर्षीय पुरुष बिरामी झमेली खंगलाई मिति २०८३ जेठ २२ गते भिडियो एक्सरेका लागि सिफारिस गरिएको थियो। सोही आधारमा रेडियोलोजिस्ट डा. अमरेन्द्र कुमार महतोले जेठ २३ गते अल्ट्रासोनोग्राफी परीक्षण गरेका थिए।

विज्ञप्तिमा परीक्षणका क्रममा प्राप्त इमेज तथा सोनोग्राफी विवरणमा प्रोस्टेट (Prostate) सम्बन्धी मापन र चिकित्सकीय विवरण उल्लेख गरिएको तथा परीक्षण पुरुष बिरामीलाई नै लक्षित गरेर गरिएको स्पष्ट पारिएको छ।

अस्पताल प्रशासनका अनुसार रिपोर्ट तयार गर्ने क्रममा प्रयोग गरिएको कम्प्युटर टेम्प्लेटमा महिला बिरामीसँग सम्बन्धित ‘Uterus’ र ‘B/L Adnexa’ सम्बन्धी पूर्वलिखित वाक्यांश हटाउन छुटेकाले ती शब्द अन्तिम प्रतिवेदनमा समावेश हुन पुगेका हुन्।

“यो घटना रेडियोलोजिकल मूल्याङ्कन वा परीक्षण निष्कर्षको त्रुटि नभई रिपोर्ट टाइपिङ तथा सम्पादन प्रक्रियामा भएको मानवीय त्रुटि हो,” विज्ञप्तिमा उल्लेख छ।

घटनापछि अस्पतालले आगामी दिनमा यस्ता कमजोरी दोहोरिन नदिन प्रतिवेदन जारी गर्नुअघि थप पुनरावलोकन (Cross-checking) तथा गुणस्तर नियन्त्रणका प्रक्रिया कडाइका साथ लागू गर्ने प्रतिबद्धता जनाएको छ।

यद्यपि, सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रतिवेदनले स्वास्थ्य संस्थामा अभिलेख व्यवस्थापन, रिपोर्ट प्रमाणीकरण तथा गुणस्तर नियन्त्रण प्रणालीको प्रभावकारितामाथि प्रश्न भने उठाएको छ। स्वास्थ्य सेवामा सानो त्रुटिले समेत बिरामी र परिवारमा भ्रम सिर्जना गर्न सक्ने भएकाले यस्ता घटनाबाट पाठ सिक्दै सेवा थप विश्वसनीय बनाउनुपर्ने आवाज स्थानीय स्तरमा उठिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार