मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

तलब नपाएका शिक्षक तथा विद्यालय कर्मचारीद्वारा गाउँपालिकामा धर्नामा

Kanchan24 358+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

राजविराज, ।  एक वर्षदेखि तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षक तथा विद्यालय कर्मचारीहरूले सोमबार पालिकाका सबै विद्यालय बन्द गरि गाउँपालिका कार्यालय अगाडि धर्नामा बसेका छन् ।
शिक्षक र विद्यालय कर्मचारीहरूद्वारा गठित संघर्ष समितिको अगुवाइमा विद्यालय बन्द गरि धर्ना कार्यक्रमको आयोजना गरिएको हो । 
संघर्ष समितिको अगुवाइमा पालिका अगाडि धर्ना कार्यक्रम सुरु भएसँगै गाउँपालिका भित्र रहेका सबै १८ वटै विद्यालयको पठनपाठन समेत ठप्प भएको छ । 
संघर्ष समितिका पदाधिकारी रूपकान्त मिश्रले आफूहरूको माग पुरा नभएसम्म पठनपाठन अवरुद्ध राख्ने बताए । उनका अनुसार पालिका भित्र रहेका ५ मावि र १३ आधारभूत विद्यालयका करिब १ सय ७५ जना शिक्षक र विद्यालयका कर्मचारीले विगत एक वर्ष भन्दा बढी समय देखीको तलब पाउन सकेका छैनन् । 
अर्का शिक्षिका रामपरि देवी यादवले विगत एक वर्षदेखि आश्वासन मात्र पाइने गरेकाले बाध्य भई विद्यालय बन्द गरि धर्नामा बसेको बताउँदै कोही शिक्षक १७ महिनादेखि त कोही शिक्षक १२ महिनादेखि तलब पाउन नसकेको जानकारी समेत दिइन् ।
लामो समयदेखि आफूहरूले तलब पाउन नसक्दा गरगहना बन्धकी राखेर काम चलाएको र अहिले त्यसको ब्याज तिर्न पनि समस्या भएको शिक्षकहरूको गुनासो छ । 
प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले केही समयअघि सम्पन्न गाउँसभामा देखिएको केही कानुनी जटिलताका कारण समयमै शिक्षक र विद्यालय कर्मचारीलाई तलब खुवाउन समस्या भएको बताउँदै आएका छन् । 
शिक्षकहरूले कार्यवाहक अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरूको तलब खुवाउन भन्दै चार महिना अघि नै प्रमुख प्रशासकीय अधिकृत आनन्दलाई अख्तियारी दिइसकेपनि ऊनी कार्यालय पनि कमै आउने गरेको गुनासो गरेकी छिन् । पछिल्लो समय भने गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत आनन्दको सरुवा नै भइसकेको जानकारी गराएपछि शिक्षकहरू थप आन्दोलित भएका छन् । 
शिक्षकहरूले अघिल्लो दिन मात्र समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी किरण थापा र कार्यवाहक अध्यक्ष यादवलाई एक ज्ञापनपत्र बुझाई तत्काल आफूहरूको माग सम्बोधन नगरिए विद्यालय बन्द गरि धर्नामा बस्ने जानकारी गराएका थिए । तर पनि तलब खुवाउने तर्फ कुनै पहल नहुँदा बाध्य भई विद्यालय बन्द गरि धर्नामा बस्नु परेको शिक्षकहरूको भनाई छ ।   
विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव, लेखापाल टेकनारायण यादव हाल निलम्बित अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरु निलम्बित भएका हुन् । गाउँपालिका अहिले कार्यवाहक अध्यक्ष भएर उपाध्यक्ष रेणुकुमारी यादवले चलाउँदै आएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार