मुख्य समाचार
टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध |

टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते

Kanchan24 352+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

रुपनी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा शुक्रबार टिपरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक रुपनी–६ का करिब ३३ वर्षीय श्यामसुन्दर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको म.प्र. ०१–००१ क ०२९६ नम्बरको टिपरको पछाडिको भागमा सोही दिशाबाट तीव्र गतिमा आएको म.प्र. ०१–००४ प ३२१६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पुर्‍याएको थियो। अस्पतालमा उपचारका क्रममा जाँच गर्दा चिकित्सकले शुक्रबार १५ः४० बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार सप्तकोशी नगरपालिका–२ पर्साहाका भिलाई चौधरीकी करिब १५ वर्षीया छोरी सुलेखा चौधरी गम्भीर घाइते भएकी छन्। उनको टाउको, हात र अनुहारमा चोट लागेको छ। उनलाई रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी हेमराज घिमिरेले जानकारी दिए।
त्यस्तै, रुपनी गाउँपालिका–६ का शिवशंकर चौधरीकी करिब १८ वर्षीया छोरी अर्पिता चौधरी पनि दुर्घटनामा घाइते भएकी छन्। सामान्य उपचारपछि उनी घर फर्किएकी छन्।
प्रहरीले दुर्घटनामा संलग्न टिपर, मोटरसाइकल र टिपर चालक सिरहाको गोलबजार नगरपालिका–१० का ३३ वर्षीय दिपकबहादुर विकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घिमिरेले बताए।
मृतक चौधरीको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार