मुख्य समाचार
सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ |

सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद

Kanchan24 357+ समाचार ( )
२० अशोज २०८३, मङ्गलबार
कञ्चनरूप । सप्तरीमा प्रहरीले ५६ किलो लागुऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गाँजा बरामद गरेको हो।
प्रहरीले असोज १९ गते राति करिब १ः३० बजे सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित बलान खोलाको पुलभन्दा दक्षिणतर्फ बलान खोलाको किनारमा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरी चौकी मौवाहा र प्रहरी चौकी धातीबाट खटिएको संयुक्त प्रहरी टोलीले उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका केही व्यक्तिले टाउकोमा गाँजा बोकेर ल्याइरहेको अवस्थामा देखेको थियो। प्रहरी टोलीलाई देखेपछि उनीहरूले गाँजा सोही स्थानमा फालेर भागेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार गाँजा फालेर भागेपछि घटनास्थलमा खानतलासी गर्दा कालो कपडाले बाँधिएका प्लास्टिकका तीनवटा बोरा र प्लास्टिकका १७ वटा पोकामा राखिएको गाँजा फेला परेको थियो। बरामद गाँजा डिजिटल तराजुमा तौल गर्दा कुल ५६ किलो भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय कडरबोनामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेमराज घिमिरेले जानकारी दिएका छन्।
लागुऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी र अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार