मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक

योगेन्द्र कुमार रौनियार ( उमेश )  19+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

कञ्चनरूप । दसैं तिहारको उल्लासलाई सांगीतिक र सांस्कृतिक उत्सवसँग जोड्दै सप्तरीको कञ्चनरुप नगरपालिका–१२ रुपनगरमा प्रथम रुपनगर मिनी महोत्सव २०८३ सुरु भएको छ। धर्मेश्वर युवा क्लबको आयोजनामा रुपनगर चोकमा सञ्चालन भइरहेको महोत्सवमा राष्ट्रिय कलाकारका प्रस्तुतिदेखि मनोरञ्जनात्मक खेल र विभिन्न परिकारका खानाका स्टलसम्मको व्यवस्था गरिएको छ।
स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई प्राथमिकता दिँदै आयोजना गरिएको महोत्सवले रुपनगरसहित आसपासका क्षेत्रको चहलपहल बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ। चाडपर्वको अवसरमा बालबालिका, युवा तथा सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सवबारे जानकारी दिन धर्मेश्वर युवा क्लबले महोत्सवस्थलमै पत्रकार सम्मेलन आयोजना गरी सञ्चालन गरिने कार्यक्रम र आकर्षणबारे स्थानीय पत्रकारलाई जानकारी दिएको थियो।
क्लबका अध्यक्ष रामकुमार सदाका अनुसार महोत्सवमा ज्योति मगर, एलिना चौहान, धिरज राई, कमल खत्री, रचना रिमाल, ममता चौधरी, अञ्जु कुश्वु, अनु चौधरी र आश्मा विश्वकर्मालगायतका चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिनेछन्। यसका अतिरिक्त पूर्वाञ्चलका कलाकारसँगै मैथिली र भोजपुरी भाषाका कलाकारको प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
महोत्सवमा सांगीतिक कार्यक्रमसँगै रोटेपिङ (रामझुला), मिकी माउस, जम्पिङलगायतका मनोरञ्जनात्मक खेल राखिएका छन्। विभिन्न परिकारका खानाका स्टलसमेत सञ्चालनमा रहेकाले महोत्सवमा आउने दर्शकले सांस्कृतिक कार्यक्रमसँगै खानपिन र मनोरञ्जनको अवसर पाउनेछन्।

महोत्सवको व्यवस्थापनमा सक्रिय समाजसेवी केवल खत्रीले चाडपर्वको समयमा स्थानीय बासिन्दालाई आफ्नै क्षेत्रमा मनोरञ्जनको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। महोत्सवलाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक तयारी गरिएको उनको भनाइ छ।
आयोजकका अनुसार महोत्सव १५ दिनसम्म सञ्चालन हुनेछ। यस अवधिमा सांगीतिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिइनेछ।
स्थानीयस्तरमा ठूला सांस्कृतिक कार्यक्रमको अवसर सीमित हुने अवस्थामा रुपनगरमा आयोजना गरिएको महोत्सवले स्थानीय समुदायलाई एउटै थलोमा जोड्नुका साथै कला, संस्कृति र सामाजिक सद्भाव प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुतिका कारण रुपनगरमा मात्रै नभई आसपासका क्षेत्रबाट समेत दर्शक आकर्षित हुने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार