मुख्य समाचार
कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा |
मुख्य समाचार
कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा |


कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ?

Kanchan24 355+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

कञ्चनरूप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह सप्तरीको कञ्चनरूप पुगेपछि स्थानीय राजनीतिमा फेरि एउटा पुरानै प्रश्न नयाँ रूपमा उठेको छ—भोला पासवान अब कुन राजनीतिक कित्तामा उभिएका छन् ?
सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य रहेका डा. सिंह कञ्चनरूप आउनु र नगरप्रमुख पदका लागि यसअघि चुनावी मैदानमा उत्रिएका भोला पासवानसँग भेटघाट हुनुले स्थानीय राजनीतिक वृत्तमा चर्चा चुलिएको हो।
पासवानले आफूले रास्वपाको अनलाइन सदस्यता लिइसकेको बताएका छन्। आगामी स्थानीय तह निर्वाचनमा कञ्चनरूप नगरपालिकाको प्रमुख पदका लागि आफू सशक्त उम्मेदवारको दावेदारसमेत रहेको उनको भनाइ छ।
तर यहाँनेर राजनीतिको सबैभन्दा पेचिलो प्रश्न खडा हुन्छ—रास्वपाको सदस्यता लिइसकेको दाबी गर्ने पासवानलाई पार्टीले औपचारिक रूपमा भित्र्याएको घोषणा किन गरेको छैन ?
पासवानको राजनीतिक यात्रामा दल परिवर्तनको श्रृंखला नयाँ भने होइन। २०७९ को स्थानीय तह निर्वाचनमा उनी जनता समाजवादी पार्टी (जसपा) बाट कञ्चनरूप नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए। निर्वाचनमा उनले ५ हजार ७०४ मत प्राप्त गरेका थिए।
त्यसयता उनको राजनीतिक कित्ता फेरिएको छ। अहिले फेरि रास्वपातर्फ उनको झुकाव देखिएको छ। पाँच वर्षको अवधिमा तीनवटा पार्टी परिवर्तन गर्नुपर्ने अवस्था किन आयो ? यसबारे पासवानले स्पष्ट राजनीतिक कारण सार्वजनिक गरेका छैनन्।
यही कारण कञ्चनरूपमा उनको पछिल्लो राजनीतिक कदमलाई लिएर अनेक प्रश्न उठिरहेका छन्। विचार र सिद्धान्तका आधारमा दल परिवर्तन हो कि आगामी स्थानीय निर्वाचनको राजनीतिक समीकरणलाई ध्यानमा राखेर चालिएको कदम ? यसको जवाफ भने स्वयं पासवानले दिनुपर्ने हुन्छ।
अमरेशको कञ्चनरूप यात्रा : पदयात्रा कि संगठन विस्तार ?
डा. सिंहको कञ्चनरूप आगमनलाई उनको प्रस्तावित मेची–महाकाली पदयात्राको तयारीसँग जोडिएको बताइएको छ।
तिहारलगत्तै कात्तिक ३० गतेदेखि हुलाकी राजमार्ग हुँदै सुरु हुने ६० दिने पदयात्राको तयारी तीव्र पारिएको छ। ‘५ घण्टा हिँड्ने, ७ घण्टा सुन्ने’ भन्ने नारासहित अघि बढ्ने अभियानमा जनताका समस्या प्रत्यक्ष सुन्ने उद्देश्य राखिएको सिंहले बताउँदै आएका छन्।
उनका अनुसार अभियानको मूल सन्देश ‘हामी नेपाली एक हौँ’ भन्ने हो। जात, धर्म वा मधेश–पहाडका नाममा हुने विभाजनभन्दा सामाजिक सद्भाव र राष्ट्रिय एकतामार्फत मुलुकलाई अघि बढाउनुपर्ने उनको धारणा छ।
तर कञ्चनरूपमा उनको आगमनसँगै स्थानीय राजनीतिक समीकरणबारे पनि चर्चा सुरु भएको छ। विशेषगरी स्थानीय तहमा प्रभाव जमाउन सक्ने व्यक्तिहरूसँगको भेटघाटलाई राजनीतिक रूपमा अर्थपूर्ण ठान्नेहरू पनि छन्।
पासवान फेरि नगरप्रमुखको दौडमा
भोला पासवानका लागि कञ्चनरूपको नगरप्रमुख पद नयाँ मैदान होइन। उनी यसअघि नै यही पदका लागि निर्वाचनमा सहभागी भइसकेका छन्।
अब भने नयाँ राजनीतिक दलको सदस्यता लिएर फेरि नगरप्रमुखको दावेदारी प्रस्तुत गरेका छन्। यसले आगामी स्थानीय निर्वाचनमा उनको राजनीतिक यात्राले कुन दिशा लिन्छ भन्ने चासो बढाएको छ।
तर दल फेरिरहने राजनीतिक यात्राले एउटा स्वाभाविक प्रश्न पनि जन्माएको छ—मतदाताले उम्मेदवारको दल हेर्ने कि उसको राजनीतिक निरन्तरता ?
पासवानले आफ्नो पछिल्लो राजनीतिक निर्णयलाई स्पष्ट विचार, एजेन्डा र राजनीतिक प्रतिबद्धतासँग जोडेर सार्वजनिक गर्न सकेमा अहिले उठिरहेका प्रश्नको जवाफ पनि त्यहीँबाट खोज्न सकिनेछ।
अहिलेको अवस्था भने यति हो—पासवान रास्वपाको अनलाइन सदस्यता लिएको बताउँछन्, नगरप्रमुखको दावेदारी प्रस्तुत गर्छन्, अमरेश कञ्चनरूप पुग्छन्; तर औपचारिक राजनीतिक प्रवेशको तस्वीर अझै स्पष्ट छैन।
त्यसैले कञ्चनरूपको राजनीतिमा अहिले एउटै प्रश्न घुमिरहेको छ—
‘अनलाइन सदस्यता’बाटै उम्मेदवारीको बाटो खुल्छ कि पासवानको रास्वपा प्रवेशले अझै औपचारिकता पर्खिरहेको छ ?

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार