पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा चार राजनीतिक दलले विभिन्न १४ सूत्रीय माग राखी नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन ।
१४ सूत्रीय मागका साथ डाक्नेश्वरी नगरपालिकामा रहेका चार राजनीतिक दल नेपाली काँग्रेस, जसपा नेपाल, लोसपा र माओवादी केन्द्रले नगरप्रमुख रामलखन मलहालाई मंगलबार ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्र मागहरू सात दिन भित्र पुरा नभए संयुक्त रुपमा चरण बद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको उल्लेख छ ।
ज्ञापनपत्रमा भनिएको छ जनताको घर दैलोको सरकार र सुख दुखको पहिलो खुड्किलोको रुपमा स्थानीय सरकारको परिकल्पना भएकोले नागरिक अधिकारको रक्षा, विकास निर्माण र जन अपेक्षा अनुसार स्थानीय सरकार सञ्चालन हुनु पर्ने विषयलाई प्राथमिकतामा राख्नु पर्नेमा डाक्नेश्वरी नगरपालिकामा पछिल्लो समय जनताको अपेक्षा विपरित गतिविधि भइरहेको प्रति हामी राजनैतिक दलहरूको ध्यानाकर्षण भएको उल्लेख छ ।
एकातिर शिक्षा स्वास्थ्य र विकास निर्माणको सूचकाङ्कमा नगरपालिका समस्या ग्रस्त हुँदै गएको छ भने अर्को तर्फ पूर्वाधार विकास निर्माण, शिक्षा, स्वास्थ्य कृषि सहितका क्षेत्रमा बजेटको व्यापक भ्रष्टाचारी भई रहेको उजागर हुँदै गएको ज्ञापनपत्रमा उल्लेख छ ।
स्थानीय सरकार सञ्चालन ऐनलाई समेत ख्याल नगरी नियम विपरित पालिकामा गतिविधिहरू भइरहेको छ । सुशासन कायम गरी जन अपेक्षा पुरा गर्ने तर्फ अग्रसर हुनुपर्नेमा स्वार्थी भावना, गलत मानसिकता र केही सीमित व्यक्तिको मात्र नगरपालिका बनाउने प्रपञ्च प्रति हाम्रो गम्भीर ध्यानाकर्षण ज्ञापनपत्रमा भनिएको छ ।
डाक्नेश्वरी नगरपालिकामा पछिलो समयमा भई रहेको जनअपेक्षा विपरित गतिविधिलाई रोकेर जनताको घर दैलोको वास्तविक स्थानीय सरकारको प्रत्याभूति गराउन आग्रह गर्दछौँ ज्ञापनपत्रमा उल्लेख छ ।
डाक्नेश्वरी नगरपालिकामा क्रियाशील राजनैतिक दलहरूले नगरपालिका विधि सम्वत् सञ्चालन गर्न निम्न बमोजिमको माग पुरा गर्न आग्रह गर्दैछौँ। हामी चाहन्छौ हाम्रा दागहरू प्रति तत्काल गम्भीर भएर पुरा गर्ने तर्फ नगरपालिका नेतृत्व सचेत नभए संयुक्त रुपमा चरण बद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको उल्लेख छ ।
ज्ञापनपत्रमा नेपाली कांग्रेसका नगर सभापति नारायण यादव, जसपा नेपालका नगर अध्यक्ष लक्षण देव साह, माओवादी केन्द्रका नगर इन्चार्ज भुलाई राम, लोसपा नगर संयोजक रामसागर मण्डलले संयुक्त हस्ताक्षर रहेको छ ।
१. नगर शिक्षा ऐन संशोधन हुनुपर्ने ।
२. राजनैतिक प्रतिशोधको नाममा गरिएको शिक्षक सरुवा अविलम्ब खारेज गरियोस् ।
३. आर्थिक वर्ष २०७९÷०८० को कोभिड १९ मा खर्च गरिएको आयव्यय उपलब्ध गरियोस् ।
४. सर्पदंश अस्पतालको लागि खरिद गरिएको उपकरणहरूमा भएको अनियमिततालाई छानविन गरि
अविलम्व सञ्चालन गरियोस् ।
५. दरबन्दी मिलान बेगरको गरिएको शिक्षक सरुवाको निर्णयमा सहभागी शिक्षा अधिकृत कृष्ण कुमार
यादवलाई अविलम्व सरुवा गरियोस् ।
६. पुराना कार्यरत कर्मचारीहरूलाई राजनैतिक पूर्वाग्रही तरिकाले हटाईएकोमा पुनर्बहाली गरियोस् ।
७. सर्वदलीय बैठकद्धारा टोल, वस्ती समिति अविलम्व गठन गरि सञ्चालन गरियोस् ।
८. भ्रष्ट कर्मचारी उमेश साहलाई दरबन्दी भएको ठाउँ वनौलाय स्वा चौकीमा अविलम्ब पठाइयोस् ।
९. आ.वं. २०७९÷०८० चालु आ.व. २०८०÷०८१ को हालसम्मको औषधी तथा सेनेट्री प्याड को खर्च
विवरण अविलम्व उपलब्ध गरियोस् ।
१०.२०७९÷०८० स्वास्थ्य शाखा, कृषि तथा पशु स्वास्थ्यमा गरिएको सम्पूर्ण खर्च विवरण उपलब्ध
गराइयोस् ।
११. सामाजिक सुरक्षा भता त्रैमासिक रुपमा उपलब्ध गराइयोस् ।
१२.आ.व.२०७९÷०८० देखि हालसम्मको इन्धनमा भएको खर्च विवरण उपलब्ध. गरियोस ।
१३.आ.व.०७९÷८० को सम्पूर्ण खर्च विवरणमा महालेखा परीक्षक प्रतिवेदनले औँल्याएको समस्यालाई
अविलम्ब कार्यान्वयन गरियोस् ।
१४.आ.व.०८०÷०८१ मा शिक्षा शाखाबाट भएको खर्च विवरण उपलब्ध गरियोस् ।
यस नगरपालिका भित्र भइरहेको अनियमितता एवम भ्रष्टाचारी रोक्न तथा शिक्षा, स्वास्थ्य खानेपानी कृषि उत्पादन र भौतिक पूर्वाधरहरुको विकास को लागि समय समयमा कार्य निरन्तर रूपमा सञ्चालन गर्न सकिन्छ