मुख्य समाचार
सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी | ९ किलो २७५ ग्राम गाँजासहित तीन जना पक्राउ | खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए |

सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी
सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी

Kanchan24 351+ समाचार ( )
१५ अशोज २०८३, बिहीबार

कञ्चनरूप। नेपाली कांग्रेस सप्तरी क्षेत्र नम्बर १ को क्षेत्रीय नेतृत्व चयनका लागि छ जना चुनावी मैदानमा उत्रिएपछि अधिवेशनमा राजनीतिक सरगर्मी चरममा पुगेको छ। क्षेत्रीय सभापतिको एउटै पदका लागि ललनप्रसाद गुप्ता, कृष्णप्रसाद ढकाल, दीपककुमार गुप्ता, चन्द्रशेखर चौधरी , मिना चौधरी र तेजनारायण यादव चुनावी प्रक्रियामा अघि बढेका छन्।

बरमझियामा बिहीबारदेखि जारी क्षेत्रीय अधिवेशन अहिले नेतृत्व चयनको चुनावी प्रक्रियातर्फ अघि बढिरहेको छ। नेतृत्वका लागि छ जनाको प्रतिस्पर्धा देखिएपछि क्षेत्रीय प्रतिनिधिदेखि स्थानीय तहसम्म कांग्रेसभित्रको राजनीतिक चासो बढेको छ।

नगरप्रमुखदेखि पार्टी संगठनमा लामो समयदेखि सक्रिय नेतासम्म चुनावी मैदानमा उत्रिएपछि यो अधिवेशनलाई क्षेत्र नम्बर १ को आन्तरिक शक्ति समीकरणका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ। उम्मेदवारहरूले प्रतिनिधिसँग भेटघाट तथा समर्थन जुटाउने प्रयासलाई तीव्र बनाएका छन्।

यता, नेतृत्वका लागि प्रतिस्पर्धा देखिए पनि अधिवेशनलाई सर्वसम्मत रूपमा टुंग्याउने प्रयास भने जारी रहेको छ। नेपाली कांग्रेस क्षेत्र नम्बर १ का निवर्तमान सचिव दुर्गा भट्टराईले नेतृत्व चयनका लागि सर्वसम्मति कायम गर्ने प्रयास भइरहेको बताएका छन्।

भट्टराईका अनुसार चुनावी प्रक्रिया अघि बढिरहेको भए पनि पार्टीभित्र सहमति जुटाउन छलफल भइरहेको छ। सर्वसम्मतिको सम्भावना कायम राख्दै नेताहरूबीच संवाद र समन्वयको प्रयास भइरहेको उनको भनाइ छ।

तर छ जना चुनावी मैदानमा उत्रिएको अवस्थामा सर्वसम्मति कायम हुन्छ वा मतदानमार्फत नेतृत्व चयन हुन्छ भन्ने विषय अहिले नै स्पष्ट भइसकेको छैन। अधिवेशनस्थलमा प्रतिनिधिहरूबीचको भेटघाट, छलफल र उम्मेदवारहरूको सक्रियताले चुनावी माहोललाई थप तताएको छ।

क्षेत्रीय नेतृत्वको एउटा पदका लागि छ जनाबीच प्रतिस्पर्धा भइरहेका बेला कांग्रेस सप्तरी–१ को आगामी नेतृत्व कसको हातमा पुग्छ भन्ने विषय प्रतिनिधिहरूको निर्णयमा निर्भर हुनेछ। सर्वसम्मतिको प्रयास सफल हुन्छ कि चुनावी प्रतिस्पर्धाबाटै नेतृत्व छानिन्छ—बरमझियामा जारी अधिवेशनले त्यसको टुंगो लगाउनेछ।

प्रतिक्रिया

भोलि साग १५ अशोज २०८३, बिहीबार

चन्द्रशेखर दाजु लाई नै एकचोटि जिम्मेवारी दिँदा राम्रो धेरै पहिला देखि नै काँग्रेस को राजनीतिमा लाग्नु भएको छ ।।।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार