मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता

योगेन्द्र कुमार रौनियार ( उमेश )  16+ समाचार ( )
३ भाद्र २०८३, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७९ करोड ८७ लाख ६६ हजार ४ सय ५९ रुपैयाँ १५ पैसाको अनुमानित आयसहितको बजेट अघि सारेको छ। नगरपालिकाको नवनिर्मित भवनमा बुधबार सम्पन्न १३औँ नगरसभाले बजेट, नीति तथा कार्यक्रममाथि छलफल गर्दै कार्यान्वयनको बाटो खुला गरेको हो।

नगर प्रमुख ललनप्रसाद गुप्ताको अध्यक्षतामा बसेको नगरसभामा प्रस्तुत बजेटले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक विकास र नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले उपलब्ध स्रोतलाई स्थानीय आवश्यकता र प्राथमिकतासँग जोडेर परिचालन गर्ने नीति लिएको छ। विशेषगरी वडा तहबाट पहिचान भएका सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा अन्य पूर्वाधारसम्बन्धी आवश्यकतालाई आगामी वर्षका योजनामा समेट्ने विषयमा नगरसभामा छलफल भएको थियो।

नगरसभामा प्रमुख प्रशासकीय अधिकृत तुलराज थापामगर प्रमुख अतिथिका रूपमा सहभागी थिए। नगर प्रमुख गुप्ताले बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी र नागरिकबीच समन्वय आवश्यक रहेको बताए।

उनका अनुसार नगरपालिकाले सीमित स्रोत–साधनबाट अधिकतम उपलब्धि हासिल गर्ने गरी बजेटलाई जनमुखी र उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्नेछ। विकास योजनाको कार्यान्वयनमा पारदर्शिता, गुणस्तर र प्रभावकारितालाई प्राथमिकता दिइने उनको भनाइ थियो।

नगरसभामा नगरपालिकाका १२ वटै वडाका अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता थियो। वडा तहबाट आएका समस्या र विकासका आवश्यकताबारे जनप्रतिनिधिहरूले धारणा राख्दै आगामी बजेटलाई स्थानीय प्राथमिकतासँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिएका थिए।

नगरपालिकाका अनुसार आगामी वर्षको बजेट कार्यान्वयनका लागि आन्तरिक आम्दानीसँगै संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र अन्य स्रोत परिचालन गरिनेछ। उपलब्ध बजेटलाई सडक निर्माण तथा स्तरोन्नति, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासजस्ता नागरिकको दैनिक जीवनसँग जोडिएका क्षेत्रमा उपयोग गर्ने लक्ष्य राखिएको छ।

नगरसभाले बजेट पारित गरेसँगै अब चुनौती बजेट विनियोजनभन्दा त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने देखिएको छ। नगरपालिकाले योजनाहरू समयमै सम्पन्न गरी त्यसको प्रत्यक्ष लाभ नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

सभाको समापन गर्दै नगर प्रमुख गुप्ताले कञ्चनरूपलाई व्यवस्थित, समृद्ध र नागरिकमैत्री नगरपालिका बनाउने अभियानमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकको सहकार्य आवश्यक रहेको बताए। उनले सबै पक्षको सहयोग लिएर नगर विकासलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार