मुख्य समाचार
खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना | सप्तरी–१ कांग्रेस नेतृत्वको दौड: चार उम्मेदवार, ५ पालिका र बरमझियाको अग्निपरीक्षा | सप्तरी–१ कांग्रेसमा नेतृत्वको भिडन्त : चार आकांक्षी मैदानमा | कञ्चनरूप कांग्रेस सभापतिमा सुरज पोखरेल सर्वसम्मत | सप्तकोशीमा युवराज खनाल, तिरहुतमा घनानन्द महात्मान यादव निर्विरोध | आजदेखि सुरु भयो पितृपक्ष, १६ दिन पुर्खाको सम्झना | सप्तरी–१ कांग्रेसको नेतृत्वमा दीपककुमार गुप्ताको दाबी | सप्तकोशीमा बढ्दो दबाब, ब्यारेजका ४३ वटा ढोका खोलिए | हात्तीको बाटोमा बस्ती, बढ्दै मानव–वन्यजन्तु द्वन्द्व | कोशी ब्यारेजमा बढ्दो बाढी : ३३ ढोका खुला, गोबरगाढामा जोखिम थपियो |

खाद्य गुणस्तरमा लापरबाही भेटिएपछि मिलन डेरीलाई १० हजार जरिमाना

Ambika Dahal 22+ समाचार ( )
१५ अशोज २०८३, बिहीबार

राजविराज । राजविराजका डेरी तथा मिठाई उद्योगमा गरिएको अनुगमनका क्रममा खाद्य गुणस्तर र सरसफाइमा लापरबाही भेटिएको छ। अनुगमन टोलीले मिलन डेरी उद्योगमा गुणस्तरहीन अवस्थामा रहेको ३५ लिटर तेल नष्ट गर्नुका साथै उद्योगलाई १० हजार रुपैयाँ जरिमाना गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज र उद्योग वाणिज्य संघ सप्तरीलगायतको संयुक्त टोलीले राजविराजका विभिन्न डेरी तथा बेकरी उद्योगमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा मिलन डेरी उद्योगमा उत्पादन प्रक्रियामा प्रयोग भइरहेको तेल गुणस्तरहीन अवस्थामा रहेको पाइएको थियो। उद्योगको सरसफाइमा समेत पर्याप्त ध्यान नदिइएको र प्रयोगशालालाई थप व्यवस्थित गर्नुपर्ने अवस्था देखिएपछि टोलीले सुधारका लागि निर्देशन दिएको थियो।

टोलीले उद्योगमा प्रयोग भइरहेको ३५ लिटर तेल नष्ट गरेको थियो। खाद्य गुणस्तरमा लापरबाही गरेको भन्दै उद्योगलाई १० हजार रुपैयाँ जरिमाना गरिएको अनुगमन टोलीले जनाएको छ।

त्यस्तै, राजविराजस्थित शिवम डेरीमा पनि खाद्य उत्पादनको अवस्था र सरसफाइमा कमजोरी भेटिएको छ। अनुगमनका क्रममा उत्पादनमा प्रयोग भएका सामग्रीमा उत्पादन मिति तथा म्याद सकिने मिति स्पष्ट रूपमा उल्लेख नगरिएको र केमिकलको मात्रा समेत नमिलेको पाइएको टोलीले जनाएको छ।

शिवम डेरीलाई आवश्यक सुधार गर्न निर्देशन दिँदै सचेत गराइएको छ। उत्पादनमा प्रयोग हुने सामग्रीको विवरण, मिति तथा खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न टोलीले व्यवसायीलाई निर्देशन दिएको हो।

यसैगरी Yummy Sweets & Bakeryलाई पनि खाद्य पदार्थको गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको छ। कच्चा पदार्थको छनोटदेखि उत्पादन, भण्डारण र बिक्रीस्थलसम्म स्वच्छता कायम गर्न टोलीले व्यवसायीलाई सचेत गराएको छ।

अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाद्य गुणस्तरको विषयमा सामान्य लापरबाहीलाई समेत बेवास्ता नगर्ने सन्देश दिइएको छ। पहिलोपटक देखिएका कमजोरीमा सुधारका लागि चेतावनी दिइए पनि आगामी अनुगमनमा पुनः त्यस्तै समस्या भेटिए कडा कारबाही गरिने टोलीले जनाएको छ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पहिलोपटकका लागि सम्बन्धित उद्योगलाई सचेत गराइएको बताउँदै आगामी दिनमा पनि लापरबाही दोहोरिए ठूलो कारबाहीको भागीदार बन्नुपर्ने चेतावनी दिएका छन्।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रतिनिधि, खाद्य अनुसन्धान अधिकृत रमेश दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रतिनिधि, राजविराजका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश महतो तथा उद्योग वाणिज्य संघ सप्तरीका प्रतिनिधिलगायत सहभागी थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार