मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

सुन्दरहरैंचामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन तथा प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट समापन

Kanchan24 1+ समाचार ( )
७ पौष २०८०, शनिबार

सुन्दरहरैंचा । “खेलकुदको विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धि खेलकुद गतिविधि हाम्रो आधार” भन्ने नारा सहित पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन तथा प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०८० को समापन समारोह आज सम्पन्न भएको छ ।

आज सुन्दरहरैंचा ९ स्थित प्रस्तावित इन्द्रपुर रंगशालामा नगर खेलकुद विकास समिति सुन्दरहरैँचाको आयोजनामा सञ्चालित स्पोट्स मिटको समापन तथा पाँचौ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरिएको हो । सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षता तथा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा, उपप्रमुख अकली चौधरी, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं लगायतको उपस्थिति रहेको थियो । 

नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, नगर प्रमुख केदार प्रसाद गुरागाई लगायतले गोल पोष्टमा फुटबल प्रहार गरि गर्नुभयो । सुन्दरहरैंचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाईले प्रतियोगिताले नगर क्षेत्रका विद्यार्थीहरुको क्षमतालाई उजागर गर्ने बताउनुभयो ।

उहाँले छनौट भएका १९ वर्ष मुनिका फुटबल खेलाडीहरुलाई प्रशिक्षण र अध्ययन अध्यापनको व्यवस्था नगरपालिकाले गर्ने योजना रहेको बताउनुभयो । विजयी खेलाडी तथा टीमलाई पुस १० गते पुरस्कार वितरण गर्दै कार्र्यक्रम समापन हुने जनाइएको छ । 

आजदेखि सुरु भएको पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आट्र्सका विभिन्न प्रस्पिर्धाहरूमा सुन्दरहरैँचा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका छात्र तथा छात्राहरूले बेग्लाबेग्लै प्रतिस्पर्धा गर्दैछन् ।

यस्तै प्रथम सुन्दरहरैँचा स्पोट्र्स मिट २०८० मा अनुलेखन नेपाली र अंग्रेजी, चित्रकला, हिसाब दौड, बौद्धिक दौड, चकलेट दौड, भाले जुधाई, फुटबल, स्किपिङ, वक्तृत्वकला, दौड, वादविवाद, चेस र निबन्ध लेखन गरि २५ विधामा प्रतिस्पर्धा भएका थिए । प्रतियोगितामा नगरक्षेत्रमा रहेका ८० वटा विद्यालयमा अध्ययनरत १८ वर्ष मुनिका विद्यार्र्थीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार