मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

बालेन प्रधानमन्त्री बनेपछि रुपनगरमा उत्सव, स्थानीयले बाले दीप र आशा

Kanchan24 358+ समाचार ( )
१३ चैत्र २०८२, शुक्रबार

कञ्चनरूप । श्रीरामको शुभजन्मोत्सवको पावन अवसरमै नेपालले युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाह ९बालेन० लाई प्राप्त गरेको सुखद उपलक्षमा सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित रुपनगर चौक मंगलबार साँझ झिलिमिली बनेको छ। स्थानीय बासिन्दाहरूले चौकमा दीप प्रज्वलन गर्दै नयाँ प्रधानमन्त्री र नवनियुक्त मन्त्रिपरिषद्लाई शुभकामना व्यक्त गरेका छन्।

स्थानीय युवाहरू, बुद्धिजीवी, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा आयोजित दीप प्रज्वलन कार्यक्रमले रुपनगर चौकलाई उत्सवमय बनाएको थियो। सहभागीहरूले “युवा नेतृत्व, नयाँ आशा”, “समावेशी सरकार, समृद्ध नेपाल” जस्ता सन्देशसहित नयाँ सरकारप्रति भरोसा र अपेक्षा व्यक्त गरेका थिए।

स्थानीयवासीहरूका अनुसार, श्रीराम जन्मोत्सव जस्तो धार्मिक तथा सांस्कृतिक महत्त्वको दिनमै देशले युवा, ऊर्जाशील र परिवर्तनको प्रतीकका रूपमा हेरिएका बालेन्द्र शाहलाई प्रधानमन्त्री पाउनु एउटा ऐतिहासिक र शुभ संकेतका रूपमा लिइएको छ। उनीहरूले यसलाई देशमा नयाँ राजनीतिक संस्कार, सुशासन र जनमुखी शासनको सुरुवातको रूपमा व्याख्या गरेका छन्।

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पदभार सम्हालेसँगै गठन गरेको मन्त्रिपरिषद्मा महिला, युवा र विविध समुदायको उल्लेखनीय प्रतिनिधित्व रहेको भन्दै स्थानीयवासीहरूले विशेष स्वागत गरेका छन्। विशेषगरी, मन्त्रिपरिषद्मा ५ जना महिला मन्त्री समावेश हुनु, स्वास्थ्य, कानुन, कृषि, महिला तथा संघीय प्रशासन जस्ता महत्त्वपूर्ण मन्त्रालयमा महिला नेतृत्व आउनु, तथा वादी समुदायसहित विविध पृष्ठभूमिका प्रतिनिधिहरूलाई अवसर दिनुलाई समावेशी लोकतन्त्रको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

दीप प्रज्वलन कार्यक्रममा सहभागी स्थानीय अगुवाहरूले अब नयाँ सरकारबाट भ्रष्टाचार नियन्त्रण, विकास निर्माणमा तीव्रता, सेवा प्रवाहमा सुधार, कृषि क्षेत्रको आधुनिकीकरण, युवालाई रोजगारी र मधेशजस्ता उपेक्षित क्षेत्रको समुचित विकासमा ठोस काम हुने अपेक्षा व्यक्त गरे। उनीहरूले “अब जनताले अनुहार होइन, काम हेर्ने समय आएको” भन्दै नयाँ नेतृत्वले जनविश्वासलाई परिणाममा बदल्नुपर्ने बताएका छन्।

कार्यक्रममा सहभागी युवाहरूले बालेन्द्र शाहको नेतृत्वलाई पुरानो राजनीतिक ढर्राविरुद्धको जनआकांक्षाको प्रतिफल भन्दै, यो सरकार केवल सत्ता परिवर्तन नभई शैली, सोच र कार्यसंस्कृतिको परिवर्तनको सुरुवात हुनुपर्ने धारणा राखेका थिए।

रुपनगर चौकमा प्रज्वलित दीपहरूले केवल उत्सवको उज्यालो मात्र फैलाएनन्, बरु नयाँ प्रधानमन्त्री र नयाँ मन्त्रिपरिषद्प्रति जनताको आशा, विश्वास र परिवर्तनको आकांक्षालाई पनि उजागर गरेका छन्। धार्मिक आस्था, राजनीतिक परिवर्तन र जनअपेक्षाको संगम बनेको यो दृश्यले कञ्चनरूपमा नयाँ युगको प्रतीकात्मक सुरुवात भएको अनुभूति गराएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार