मोरङ । लेटाङ क्षेत्रमा लागुऔषध नियन्त्रण अभियान सञ्चालन गरिरहेको प्रहरीले व्राउनसुगर(खैरोहिरोइन) सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ लेटाङ २ कीर्तिमानबाट लागुऔषध खौरोहिरोइन सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
खैरोहिरोइनको कारोवार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले लेटाङ २ स्थित थीर बहादुर राउतको घरमा खानतलाशी गर्दा नीज २३ वर्षीय थीरबहादुर राउत र सोही ठाउँका २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुको साथबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ०.४९ मिलिग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।