मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

लेटाङ खेरूवास्थित गणेश मन्दिरको तेस्रो साधारणसभा सम्पन्न

Kanchan24 1+ समाचार ( )
२१ पौष २०८०, शनिबार

 - राजु गौतम 

लेटाङ, २१-पुस । लेटाङ नगरपालिका वडा नं ५ स्थित गणेश मन्दिर व्यवस्थापन समितिकोे तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समिति अध्यक्ष टीका बहादुर भण्डारीको अध्यक्षता तथा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन पारित गर्दै चालु आर्थिक वर्षको प्रस्तावित कार्यक्रम तथा बजेट पनि पारित गरेको छ । साधारणसभामा पूर्वअध्यक्षरु शोभा खड्का, कृष्णप्रसाद भट्टराई र सुर्य बहादुर निरौला, मन्दिरका पुजारी र मन्दिरलाई सहयोग गर्ने दाताहरूलाई सम्मान पनि गरिएको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले धार्मिक साँस्कृतिक सम्पत्ति संरक्षणमा जोड दिनु पर्ने, जेष्ठ नागरिकहरूका लागि आवश्यक कार्यक्रम तर्जुमा गर्नुपर्ने आदि विषय उठान गर्दै मन्दिरले गरेका कामहरुको प्रशंशा गरेका छन् ।

लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावतीले सम्पूर्ण जाति, भाषा, धर्मको एउटै ध्येय अहिंसा र शान्ति भएकाले शान्ति निर्माणमा लाग्नु पर्नेमा जोड दिनु भएको छ । उहाँले नगर भरी रहेका धार्मिक तथा साँस्कृतिक सम्पत्तिहरूको जगेर्ना गर्न नगरपालिकाले अधिकतम सहयोग गर्दै जाने पनि बताउनुभयो । नगर प्रमुख लावतीले लेटाङ बजार र खेरूवा गाउँको बीचमा अवस्थित गणेश मन्दिर परिसर नजिकै बन्ने साँस्कृतिक संग्राहलय, लेटाङ बस टर्मिनल तथा मदन भण्डारी राजमार्गका कारण मन्दिर क्षेत्र संभावनायुक्त रहेको उल्लेख गर्नुभयो । 

साधारणसभामा लेटाङ नगर उपप्रमुख कृष्णकुमारी निरौला, कार्यपालिका सदस्य शोभा खड्का, अन्य जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा मन्दिर व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार