पत्रकार र प्रहरी आपसमा सहयोगी बन्दा घटनाहरू न्यूनीकरण गर्न सकिने :कञ्चनपुर प्रमुख नेपाल
१९ जेठ २०८१, शनिबार
कञ्चनरूप । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले पत्रकार र प्रहरी एक आपसमा सहयोगी बन्दा समाजमा हुने विभिन्न घटनालाई न्यूनीकरण गर्न सकिने बताए ।
इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको प्रमुखको रुपमा २०८० चैत्रमै सरुवा भई आएका प्रहरी नायब उपरीक्षक नेपालले कञ्चनपुर आए लगतै विविध घटना हुँदा त्यतै व्यस्त भएकोले पत्रकार भेटघाट ढिलो भएकोले अन्यथा नलिन भन्दै आज पत्रकार भेटघाट यस्तो बताएका हुन ।
प्रहरी नायब उपरीक्षक नेपालले समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गराउन प्रहरी र पत्रकारको एउटै उद्देश्य भनेको राष्ट्रको सेवा गर्नु हो त्यसैले दुवैको सकारात्मक प्रयासले नै आपराधिक घटनालाई न्यूनीकरण गर्न सकिने भएको हुँदा अपराध नियन्त्रणका लागि पत्रकार र प्रहरी बीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
प्रहरी नायब उपरीक्षक नेपालले पत्रकारसँग सूचना लिँदा र दिँदा अपराध अनुसन्धानमा प्रहरीलाई प्रहरीलाई शान्ति सुरक्षा लगायत अपराध न्यूनीकरण गर्न हुने बताए ।
प्रहरी नायब उपरीक्षक नेपालले पत्रकारलाई प्रहरीबाट दिन मिल्ने सूचना दिँदा र त्यस वापत प्रहरीलाई नै सहयोग पुग्ने हुँदा सूचना दिनेमा कन्जुस्याइँ नहुने बताए ।
प्रहरी नायब उपरीक्षक नेपालले पत्रकारसँग भने पालिका भित्र आवश्यक ठाउँहरूमा सिसिटिभी क्यामरा नभएको कारण अपराध नियन्त्रण र सडक दुर्घटनाका दोषी पहिचानमा समस्या हुने गरेको उल्लेख गरे ।
कञ्चनपुर प्रहरी मातहतमा पर्ने ठाउँहरूमा बालुवा, गिट्टी सहित अवैध बन पैदावार निकासी रोक्ने, लागूऔषध नियन्त्रणलाई प्राथमिकता दिने, वास्तविक पीडित पहिचान गरी न्याय दिने, अवैध चोरी तस्करी तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नहुने र यस कार्यमा पत्रकारहरूको पनि साथ र सहयोगको अपेक्षा गरेको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।
यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रणको सवालमा पत्रकारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रहरी नायब उपरीक्षक नेपालले पत्रकारहरूको सम्मान, सूचना र सुरक्षामा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उनले कुनैपनि घटना तथा विषय बस्तुको सूचना आदानप्रदान र प्रहरीले सञ्चालन गरेको आपराधिक क्रियाकलाप रोक्ने जनचेतनामूलक कार्यक्रममा पत्रकारहरूलाई सहभागी भइदिन र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे ।
उपलब्ध ७० प्रतिशत मात्र जनशक्ति श्रोत साधनको उपयोग गरी अपराध न्यूनीकरण जनताको शान्ति सुरक्षाको कार्यमा कमी हुन नदिएको बताए ।
पत्रकार भेटघाट कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक अवध कुमार ओझा, अनिल पोखरेल, पत्रकार भोला पासवान, बृजमान तामाङ, डम्बर राई, राजकुमार पासवान, आनन्दमोहन शर्मा ( राजु) गङ्गा साह, किशोर पासवान, मनु पासवान लगायतका स्थानीय पत्रकारहरूको उपस्थित रहेको थियो ।
प्रहरी नायब उपरीक्षक नेपालले गत चैत १८ गते प्रहरी केन्द्रिय कार्यालय टङ्गाल काठमाडौँबाट सरुवा भइ कचनापुरमा प्रमुखको रुपमा आए पछि केही दिनमै नेपाल बैंक फत्तेपुरमा बैक गार्डको कार्यकक्षमै हत्या हुँदा नेपालकै सक्रियतामा घटनाको साता दिन भित्रै हत्या गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएका थिए ।