मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

चिसाङ खोला सिंचाइ सञ्जाल समितिको अध्यक्षमा रुद्र श्रेष्ठ चयन

Kanchan24 1+ समाचार ( )
२ पौष २०८०, सोमबार

लेटाङ । मोरङको लेटाङ नगरपालिकास्थित चिसाङ खोला सिंचाइ सञ्जाल समितिको अध्यक्षमा रुद्र श्रेष्ठ चयन हुनु भएको छ । आज लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा भएको प्रारम्भिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुभद्रा भट्टराई, सचिवमा कुमार भण्डारी, सहसचिवमा याम कुमारी मगर र कोषध्यक्षमा भीमा कोइराला चयन हुनु भएको छ ।

यसैगरि सदस्यहरुमा दीनप्रसाद भण्डारी, भवानिशंकर आचार्य, देउकुमार सुमन, छत्र बहादुर निरौला, हरिमाया खड्का र यामकुमार कार्की चयन हुनु भएको छ । यस्तै लेखा समिति संयोजकमा सूर्य बहादुर थापा, सदस्यमा थिर प्रसाद  फुयाँल र कमला राई चयन हुनु भएको छ ।  साधारणसभाको उद्घाटन कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, लेटाङ ३ का वडाध्यक्ष डम्बर राई लगायत विभिन्न पैनीका प्रातिनिधि, समाजसेवी लगायतको आतिथ्यता रहेको थियो ।

लेटाङ क्षेत्रकै ठूलो खोलाको रुपमा रहेको चिसाङ खोलाबाट सञ्चालित सिंचाइ नहरहरुको छाता संगठनको रुपमा २० वर्ष अघिदेखि क्रियाशील चिसाङ खोला सिंचाइ सञ्जाललाई भर्खरै मात्र आधिकारिक रुपमा दर्ता गराई प्रारम्भिक साधारणसभा गरिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । यो सञ्जालमा भुवा जनता नहर, लोखरा नहर, केभोलेन नहर, जनविकास नहर, देवीथान किर्तीमान नहर  र चिसाङ बेलडाँगी नहरका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यसरी सञ्चालित नहरहरुबाट लेटाङ नगरपालिका क्षेत्रसहित केराबारी गाउँपालिकाको एउटा वडा, बेलबारी नगरपालिकाको ३ वटा र कानेपोखरी गाउँपालिकाकोे ३ वटा वडामा सिंचाइ सुविधा पुग्ने गरेको छ ।  यस सञ्जाल समितिले सिंचाई पैनीहरुको संरक्षण, खोलाको कटान नियन्त्रण, अवैध उत्खनन् लगायतका विषयमा आवाज उठाउँदै आएको छ । अध्यक्ष चयन हुनु भएका श्रेष्ठ समेत प्राकृतिक श्रोत तथा वातावरण संरक्षण समितिको संयोजक रहि खोला उत्खनन् विरुद्धमा लामो समयदेखि सशक्त आवाज उठाउँदै आउनु भएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार