मुख्य समाचार
सप्तरीका किसानका समस्या संसदमा : अब कार्यान्वयनको चुनौती | कमला–कञ्चनपुर चार लेन सडक विस्तार कार्यमा चरम ढिलाइ | सप्तरी प्रशासनको कडा कदम : सरकारी कार्यालय वरिपरि ‘बिचौलिया’ देखिए तुरुन्त कारबाही | बादलको अभिव्यक्तिले एमालेमा तरंग | मालपोत कार्यालय सप्तरीबाट लेखापढी व्यवसायी पक्राउ | सप्तरीमा प्रतिबन्धित औषधिसहित युवक पक्राउ | राजविराजमा डोजरको गर्जन : वर्षौँदेखि सडक निल्ने संरचनामाथि अन्ततः नगरपालिकाको प्रहार | कञ्चनरूपमा आर्या फर्माल्याबको पारा–मेडिकल कार्यक्रम , स्वदेशी औषधिको गुणस्तरमा जोड | सडकमा आन्दोलन,नेताका सन्तान विदेशमा, कार्यकर्ताका सन्तान खाडीमा | तिरहुत गाउँपालिकाद्वारा किसानलाई स्प्रे मेसिन वितरण |

समला राइनोजले जित्यो लेटाङ टी-ट्वान्टी क्रिकेटको उपाधि

Kanchan24 1+ समाचार ( )
३ मंगशिर २०८०, आइतबार

 - राजु गौतम 

लेटाङ । किसे नाइट राइडर्स माथि ९ रनको रोमाञ्चक जित हात पार्दै समला राइनोजले लेटाङ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । विजेता समलाले उपाधि सहित नगद १५ हजार र उपविजेता किसेले ९ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् । 

प्रस्तावित बुद्ध रंगशालामा आइतबार बिहान भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको समलाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ११ रनको योगफल खडा गर्यो । समलाका ध्रुव दाहालले सर्वाधिक २९, विनम पाङ्मिले १९ तथा उत्तम ढकालले नटआउट १८ रनको योगदान गरेका थिए । उता किसेका सगुन लिम्बू, निशान शंकर र मिलन पाठकले समान १ १ विकेट लिए भने समलाका ४ खेलाडी रनआउट भएका थिए । 

जवाफी ब्याटिङमा उत्रिएको किसे १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा १०२ रनमा अलआउट भएपछि समलाले ९ रनको जित हात पारेको हो । किसेका सगुन लिम्बूले सर्वाधिक १७, अभि सुवेदीले १५ तथा विवस श्रेष्ठले १४ रनको योगदान गरेका थिए । समलाका उत्तम ढकालले सर्वाधिक ३ विकेट हात पार्दा रमेश चेम्जोङले २ तथा योगेश पौडेल, ध्रुव दाहाल र बिनम पाङ्मीले समान १ १ विकेट हात पारेका थिए । 

फाइनल खेलमा अलराउन्डिङ प्रदर्शन गरेका समला राइनोजका कप्तान उत्तम ढकाल प्लेयर अफ द म्याच घोषित भए । विधागत उत्कृष्ट तर्फ समलाका ध्रुव दाहाल उत्कृष्ट ब्याट्समेन (५४ रन), किसेका मिलन पाठक उत्कृष्ट बलर (५ विकेट), किसेका नोर्बु तामाङ उदयीमान खेलाडी (४ रनआउट, ३ क्याच) घोषित भए । प्रतियोगितामा ब्याटिङतर्फ सर्वाधिक ५४ रन र बलिङतर्फ सर्वाधिक ५ विकेट लिंंदै अलराउन्डिङ प्रदर्शन गरेका ध्रुव दाहाल प्लेयर अफ द सिरिज घोषित भए । 

प्रतियोगिताको फाइनलमा लेटाङ नगर उपप्रमुख तथा नगर खेलकुद विकास समिति अध्यक्ष कृष्णकुमारी निरौला, प्रतियोगिताको मुख्य सहयोगी लेटाङ नगरपालिका वडा नं ४ का वडाअध्यक्ष रामकुमार श्रेष्ठ, वडा नं ५ का अध्यक्ष तथा नगर प्रवक्ता भूम बहादुर सुर्यमगर, वडा नं ४ वडा सदस्य सक्षम लिम्बू, मोर्डन पेन्टाथलन खेलकी मोरङ अध्यक्ष शान्ति पाख्रीन लामा,  लेटाङ क्याम्पस प्रमुख वीरेन्द्र कुमार लिम्बू, प्रस्तावित बुद्ध रंगशाला संरक्षण समिति अध्यक्ष उर्गेन तामाङ, नगर खेलकुद विकास समिति सदस्य अरुण राई लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । 

  लेटाङ क्रिकेट विकास समितिको आयोजानामा सम्पन्न प्रतियोगितामा लेटाङका क्रिकेट खेलाडीहरूको खुला रजिस्ट्रेसन र फ्रि अक्सनबाट लेटाङका ४ पर्यटकीय क्षेत्रको नाममा टीम फर्मेसन गरि नकआउटका आधारमा मंसिर २ र ३ गते प्रतियोगिता आयोजना गरिएको हो । सञ्जीव भण्डारीको कप्तानीमा चिसाङ वारियर्स, सन्तोष लुइँटेलको कप्तानीमा राजारानी किंग्स्, द्रोण मगरको कप्तानीमा किसे नाइट राइडर्स तथा उत्तम ढकालको नेतृत्वमा समला राइनोज प्रतियोगितामा सहभागी भएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार