मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |
मुख्य समाचार
बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही |


इलाम-२ को उपचुनाव :प्रतिस्पर्धी उत्तिकै, २५ देखि ६८ वर्षसम्मका उम्मेदवार

Kanchan24 326+ समाचार ( )
२७ चैत्र २०८०, मङ्गलबार

इलाम । इलाम–२ अहिले देशको चासोको केन्द्र बनिरहेको छ। आगामी १५ वैशाखमा हुने उपनिर्वाचनले गर्दा देशका शीर्ष नेताहरूको समेत ध्यान यतिबेला इलाममै छ। उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेमा २५ वर्षे अर्जुनबहादुर शाहीदेखि ६८ वर्षे डकेन्द्रसिंह थेगिम र गणेशबहादुर चौहान उम्मेदवार छन्।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शाही पञ्चदेवल बिनायक नगरपालिका अछामका बासिन्दा हुन्। मतदाताले युवा उम्मेदवार खोजेको हुनाले उम्मेदवारी दिएको उनी बताउँछन्। डकेन्द्र पहिचान पक्षधर समूहको तर्फबाट साझा स्वतन्त्र उम्मेदवार हुन् भने गणेशबहादुर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार हुन्। लामो समय शिक्षण पेसामा रहेर राजनीतिमा आएका डकेन्द्र योपटक इलाम क्षेत्र २ का मतदाताले पहिचान पक्षधर उम्मेदवारलाई जिताउने दाबी गर्छन्। इलामको निर्वाचनमा डकेन्द्रसँगै सबैभन्दा बढी चर्चामा रहेको उम्मेदवार हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र नेकपा एमालेका सुहाङ नेम्बाङ।

माङसेबुङ गाउँपालिका–२ इभाङका ३१ वर्षे मिलनकुमार योङहाङ लिम्बू पत्रकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका हुन्। दलमा आबद्ध नभई निर्वाचनमा होमिएको बताउने लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएको हो। शीर्ष दलका गतिविधि र विकासमा सुस्तताका कारण दिक्क भएका मतदाताहरुले आफूलाई रोज्ने लिम्बू बताउँछन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीका साझा उम्मेदवार सुहाङ नेम्बाङ ३३ वर्षका छन्।

कानुन व्यवासायीसँगै नेपाल सुपर लिग क्लब स्पोर्टिङ इलाम एफसी डी मेचीका अध्यक्ष नेम्वाङ जित निकाल्नेमा विश्वस्त छन्। एजेन्डा, पार्टीको बलियो धरातल र मतदाताको क्रेजले आफूलाई जित निकाल्ने सहज हुने उनी बताउँछन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ४८ वर्षका छन्। २०७९ को निर्वाचनमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग ११४ मतले उनी पराजित भएका थिए। नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेस इलामका सभापतिसमेत रहेका खड्काले २९ हजार नौ सय ६ मत प्राप्त गरेका थिए।

अर्का स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंको पनि उमेर ३३ वर्ष नै छ। २९ वर्षे योगेन्द्र गुरुङ पनि आउँदो उपनिर्वाचनमा यही क्षेत्रको उम्मेदवार बनेका छन्। उनी पनि युवाको आवश्यकता र मतदाताको रोजाइमा पर्न सकिने दाबी गर्छन्। मनोनयन दर्ता गराएकामध्ये नेसनल रिपब्लिक नेपाल दलका धनराज रानामगर ३६ वर्षका छन्। नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र स्वतन्त्र उम्मेदवार दीपेश बोहोरा ३७ वर्षका छन्।

स्वतन्त्र उम्मेदवार राज बस्याल ४०, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ ४४, राप्रपाका लक्ष्मी गुरुङ ४५, नेकपा एसका जितबहादुर राई ४६, र स्वतन्त्र उम्मेदवार मनोज निरौला ४९ वर्षका छन्। मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू ५३, नेपाली जनता दलका रेशमबहादुर सुनुवार ५४, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम ५६ र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त सिंह ६४ वर्षका छन्। यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङले २०५६ सालयताका सबै चुनाव जितेका थिए।

सुवास नेम्बाङ उम्मेदवार बनुञ्जेल प्रायः ५० वर्ष उमेर कटेका व्यक्ति नै यो क्षेत्रका उम्मेदवार बनिरहेका थिए। योपटक भने उम्मेदवार बन्नेमा युवाको संख्या बढी देखिएको छ। निर्वाचन कार्यतालिकाअनुसार अन्तिम नामावली प्रकासन र उम्मेदवारलाई चुनाव चिह्न वितरणको कार्यक्रम चैत २७ लाई राखिएको छ। चैत २८ देखि वैशाख १२ सम्म प्रचारअवधि राखिएको छ भने वैशाख १५ बिहान ७ देखि साँझ ५ बजेसम्मलाई मतदानको समय तोकिएको छ।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुखसमेत रहेका नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि रिक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। आउँदो उपनिर्वाचनका लागि २० दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार