मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

गजेन्द्रनारायण सिंह अस्पताल र प्रहरी कार्यालय परिसर तनाव ग्रस्त

Kanchan24 358+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

राजविराज । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परिसर र जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका मिटर व्याज तथा लघुवित्त पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको अस्पताल क्षेत्र र प्रहरी  कार्यालय  तनावग्रस्त बनेको छ ।  
उपचारका क्रममा जिल्लाको विष्णुपुर गाउँपालिका ४ कनकट्टाका २० वर्षीय युवा मो मनिरको मृत्यु मृत्युपछि अस्पताल क्षेत्रमा आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका थिए ।
उच्च ज्वरो आएर उपचारका लागी  गजेन्द्रनारायण सिंह अस्पताल आएका मो मनिर उपचार शुरु भएका केही बेरमै मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरिरहेका थिए ।   
मृतक यही भाद्र २५ गते मङ्गलबार बैदेशीक रोजगारी लागी साउदी अरब जाने तयारीमा रहेको  परिवारले जनाएका छन । प्रदर्शनका कारण गजेन्द्रनारायण सिंह अस्पताल परिसर तनावग्रस्त  बन्दा ब्यापक सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
यता रुपनी गाउँपालिका २ का इन्जिनियर प्रमोद राणालाई प्रहरीले झूटो मुद्दा लगाएर पक्राउ गरेको आरोप लगाउँदै मिटर व्याज पीडित तथा लघुवित्त पीडितहरूले जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए । 
पक्राउ परेका इन्जिनियर प्रमोद राणालाई रिहाईको  माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका मिटर व्याज तथा लघुवित्त पीडितमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । 
प्रहरी विरुद्ध चर्को नारा लगाउँदै पीडितहरूले जिल्ला प्रहरी कार्यालयको धोका धकेल्न थालेपछी प्रहरीले पीडित महिलाहरू माथि अन्धाधुन्ध लाठीचार्ज गरेका थिए । प्रहरीले लाठीचार्ज गरेर पछाडि हटेका आन्दोलनकारी महिलाहरूले प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेका थिए  । 
प्रहरीमाथि ढुङ्गामुढा बर्साउन थालेपछी प्रहरीले बलप्रयोग गरी आन्दोलनकारीहरूलाई धपाएका थिए । प्रहरीले लाठीचार्ज गर्न थाले पछि आन्दोलनकारी महिलाहरू  तितरबितर भएका थिए ।  प्रहरीले पसल तथा गल्लीमा लुकेर बसेका आधा दर्जन महिलाहरूलाई नियन्त्रणमा लिएका छन् ।  
प्रहरीले आन्दोलनमा सहभागी भएको आरोपमा आधा दर्जन महिलाहरूलाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा पर्नेहरूको पहिचान प्रहरीले खुलाएका छैन भने झडपमा कतिजना घाइते  भए यकिन भएको छैन ।  
मिटर व्याज विरुद्ध आन्दोलन केन्द्र सप्तरी र लघुवित्त तथा वित्तीय शोषण विरुद्ध सङ्घर्ष समिति सप्तरीको अगुवाईमा “प्रमोद राणालाई रिहा गर, झुठो मुद्दा खारेज गर, प्रहरी प्रशासन मुर्दावाद, प्रमोद राणा हाई-हाई” लगायतका नारा लगाउँदै शिव मन्दिरबाट निस्किएको जुलुस जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए । मिटर व्याज तथा लघुवित्त तथा वित्तीय संस्था पीडितहरूलाई समर्थन गर्ने राणालाई प्रहरीले झूटो मुद्दा लगाएर फँसाइएको आन्दोलनकारीहरूले आरोप लगाए । उनीहरूले राणालाई ३६ घण्टा भित्र निसर्त रिहाई नगरे  सशक्त आन्दोलनमा जाने चेतावनी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार