मुख्य समाचार
घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला | सप्तरी–१ कांग्रेसमा छ जनाको भिडन्त, सर्वसम्मतिको प्रयास पनि जारी |

सप्तरीका सरकारी प्राथमिक विद्यालयका बालबालिकालाई कम्प्यूटर तालिम शुरू

Kanchan24 358+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

कञ्चनरूप । सप्तरीका तीन वटा सरकारी प्राथमिक विद्यालयका बालबालिकालाई कम्प्यूटर सिकाउन शुरू गरिएको छ। 

सामुदायिक प्राथमिक विद्यालयमा कम्प्यूटर सिकाइु अभियान अन्तर्गत् कञ्चनरूप नगरपालिका अन्तर्गत राष्ट्रिय प्राथमिक विद्यालय, पिपरा, भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुर र वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुर गरी तीन वटा सरकारी विद्यालयका बालबालिकाले कम्प्यूटर तालिम लिन थालेका हुन्।

भगवती आधारभूत प्राथमिक विद्यालय, कञ्चनपुरमा कम्प्यूटर तालिम नगर प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतित्थमा शुरू गरिएको थियो भने राष्ट्रिय प्राथमिक विद्यालय, पिपरामा आयोजित बालबालिकालाई कम्प्यूटर तालिम कार्यक्रम दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्यसै गरी, वीरेन्द्र केशरी खेमराज प्राथमिक विद्यालय, धरमपुरमा सो तालिमको शुरूवात कञ्चनरूप नगरपालिका १२ नम्बर वडाका अध्यक्ष देवि वहादुर खत्रीको प्रमुख आतित्थमा भएको थियो।

गुणस्तरमा अत्यन्तै पछि परेका सामुदायिक भनिने सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई सानै उमेरदेखि कम्प्यूटरको शीप सिकाउनु पर्छ भनेर यो अभियान आरम्भ गरिएको जानकारी आयोजकहरूले दिएका छन्।

रूपनगर नन्दराज संग्रौला क्याम्पस, एक्मी इञ्जिनियरिङ कलेज, काठमाडौँ र दलित सरोकार मञ्चको सहकार्यमा यो अभियान थालिएको हो।

तालिमका लागि कम्प्यूटर एक्मी इञ्जिनियरिङ कलेजले उपलब्ध गराएको छ भने कम्प्यूटर र अङ्ग्रेजी सिकाउने शिक्षक दलित सरोकार मञ्चले व्यवस्था गरेको छ।

गरीबका बच्चाहरू मात्र पढ्नेु पहिचान बनेको तराइको गाउँका सरकारी प्राथमिक विद्यालयमा बाल कक्षादेखि कक्षा पाँचसम्मका बालबालिकालाई कम्प्यूटरको आधारभूत तालिम दिने यस्तो महत्वाकाँक्षी कार्यक्रम संभवतस् नेपालमै पहिलो हो।

केही दिन अघि तीन वटा विद्यालय प्रत्येकलाई दुई वटाका दरले हस्तान्तरण गरिएको कम्प्यूटरमा यी विद्यालयका बालिबालिका सिक्न थालेका हुन्।

अभियान अन्तर्गत् छनौट गरिएका सरकारी प्राथमिक विद्यालयका शिक्षकरशिक्षिकाहरूलाई समेत आधारभूत कम्प्यूटर तालिम चलिरहेको जानकारी रूपनगर क्याम्पसका प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिए। 

एक्मी इञ्जिनियरिङ कलेजका प्रिन्सिपल प्राध्यापक इञ्जिनियर प्रदीप कुमार पौड्यालका अनुसार रूपनगर क्याम्पसले छनौट गरिएका विद्यालयका १४ जना शिक्षकरशिक्षिकालाई दुई महिने आधारभूत कम्प्यूटर तालिम निशुल्क दिइराखेको छ। प्रमाणपत्र समेत उपलब्ध गराइने यो तालिम रूपनगर नन्दराज संग्रौला क्याम्पसको कम्प्यूटर प्रयोगशालामा एक महिनादेखि चल्दैछ।

अहिले हामीले थालेको यो अभियानमा राम्रो प्रगति भयो भने आगामी दिनमा यसलाई अझ विस्तार गर्न सकिने जानकारी दलित सरोकार मञ्चका कार्यकारी निर्देशक भोला पासवानले दिए।

एक्मी इञ्जिनियरिङ कलेजले दिएको कम्प्यूटर र दलित सरोकार मञ्चले उपलब्ध गराएको शिक्षकबाट सञ्चालन गरिने यो नवीन शिक्षा अभियानको निरन्तर अनुगमन तथा मूल्याङ्कन रूपनगर क्याम्पसले गर्नेछ। यसका लागि क्याम्पस प्रमुख प्राध्यापक गजुरेलको नेतृत्वमा तीन सदस्यीय समिति निर्माण गरिएको जानकारी क्याम्पसले दिएको छ।

युवा अभियानकर्ता मनिष कोइरालाले तीनै वटा विद्यालयमा आयोजित कार्यक्रम सञ्चालन गरेका थिए ।

स्रोतस् रूपनगर क्याम्पस फिचर सेवा।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार