मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

तिरहुत गाउँपालिकाकी उपाध्यक्ष सहित ११ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाए

Kanchan24 333+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

कञ्चनरूप । सप्तरीको तिरहुत गाउँपालिकामा उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत सहित ११ जलाई सात महिना अघि दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिइएको छ ।
विशेष अदालतले गाउँपालिकाका लेखा प्रमुख सोनु कुमार सोनी, पालिका उपाध्यक्ष तथा योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, समिति सदस्यहरू दुर्गानन्द यादव, वीरेन्द्र कुमार यादव, भोगानन्द महत्मान यादव र रमानन्द चौधरीको पनि संलग्नता रहेको दाबीसहित मुद्दा चलाइएको थियो । उपभोक्ता समिति अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्री देवीविरुद्ध मुद्दा चलाइएकोमा उनीहरूले पनि सफाइ दिइएको छ ।
विशेषमा गत २३ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नं. ५ मा पर्यटन गेट निर्माणमा ११ लाख १९ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भनी मुद्दा दायर गरेको थियो । यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारी बाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले सफाइ दिने फैसला गरेको हो । 
आर्थिक वर्ष ०७५–७६ मा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र इन्जिनियर खुर्सेद इकरामले मिलेमतोमा गेट निर्माणमा अनियमितता गरेको अभियोग लगाइएको थियो । निर्माण अधुरै छाडेको, रङ्गरोगन र संवर्द्धनका लागि पनि सम्झौता पत्रमा उल्लेख गरी कम कामको पूरा भुक्तानी दिएको जस्ता आरोप उनीहरूमथि थियो । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार