मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

दुर्घटना
सप्तरीको बदगामामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

Kanchan24 324+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका –१० बदगामामा स्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार दिउँसो भएको दुर्घटनाका मृतक ३ जनाको ज्यान गएको छ भने एक जनाको मात्र पहिचान खुलेको छ ।
गाईघाटबाट फत्तेपुर हुँदै काँकडभिट्टा जाँदै गरेको प्र१–०१–००१ ख ३४२० नं. को बस अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत भएको छैन । प्रहरीका अनुसार उनी श्रीमती सहित बसमा चढेका थिए । दुवैको शव गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ । 
दुर्घटनामा मृत्यु भएका एक पुरुष र एक महिलाको सनाखत भएको छैन । दुर्घटनामा दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पु¥याइएका सप्तकोशी नगरपालिका– १, फत्तेपुरका ७५ वर्षीय रत्नबहादुर मगरातीको उपचारका क्रममा मृत्यु भएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । 
घाईते हुनेमा सप्तरीको सप्तकोशी नगरपालिका–१ की २१ वर्षीया सुबेता दाहाल, २६ वर्षीया चेतना भट्टराई, ४० वर्षीया सविता थापा ३० वर्षीया सुस्मा बिष्ट, ७० वर्षीया पवित्रा मगराती, सप्तकोशी–२ का ४४ वर्षीय विजय बिक, सप्तरीको महदेवा गाउँपालिका –२ का ५० वर्षीया बिमला देबि ठाकुर, ३७ वर्षीय बिरेन्द्र ठाकुर, सप्तरीको कञ्चनरूप  नगरपालिका –४ का ३४ वर्षीय श्यामकुमार सदा, ४० वर्षीय मनोज सदा, कञ्चनरुप –८ का ५५ वर्षीया निर्मला गुप्ता छन् ।
यसैगरी, सप्तरीको हनुमाननगर नगरपालिका–३ का १९ वर्षीय महमद असलम, उदयपुरको चौदण्डीगढी नगरपालिका–५ का ५९ वर्षीया कमला भुसाल, चौदण्डीगढी –९ का २६ वर्षीया नरमाया मगर, ६० वर्षीया मायादेवी थापा, ६८ वर्षीय बमबहादुर कार्की, चौदण्डीगढी –१० की ६५ वर्षीया पुजन देवी सिलवाल, ३० वर्षीया गीता सिलवाल, जोगिदहकी ४० वर्षीया सनावती चौधरी पनि घाईते भएका छन्।
यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का ३५ वर्षीय भरत यादव, झापाका मनोज भट्टराई, मिना भट्टराई पनि घाईते भएको प्रहरीले जनाएको छ भने बसमा ३५ जना सवार रहेको बताइएको छ ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार