मुख्य समाचार
कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? |

‘सामाजिक अभियन्ता’ कि ‘समन्वय व्यापार’ ? ‘पत्रकार मिलाइदिन्छु’ भन्दै रकमको बोलकबोल !

Kanchan24 325+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

कञ्चनरुप । सप्तरीको कञ्चनरुपमा यतिबेला “सामाजिक अभियान”को नाममा हुने ‘समन्वय व्यापार’ चर्चाको केन्द्रमा छ।

कञ्चनरुप नगरपालिका–८ का रतिसुमन (बिटु) गुप्तामाथि “सामाजिक अभियन्ता”को आवरणमा नगरपालिकाको प्रशासकीय भवन निर्माणको ठेक्का लिएका ठेकेदार राजकुमार लामासँग रकम मागेको आरोप लागेको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भनिएको एक अडियो क्लिपमा उनले “पत्रकार मिलाइदिन्छु” र “पत्रकार–युवा समन्वय गरिदिन्छु” भन्दै रकम मागेको दाबी गरिएपछि घटना कञ्चनरुपमा मात्रै होइन, पत्रकार वृत्तमै चर्चाको विषय बनेको छ।

अडियो बाहिरिएसँगै स्थानीय पत्रकारहरूबीच तीव्र असन्तुष्टि देखिएको छ।

पत्रकारको नाम दुरुपयोग गरिएको भन्दै यसबारे संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

स्थानीय एकले सामाजिक सञ्जालमार्फत सर्वसाधारण, व्यवसायी तथा कर्मचारीहरूलाई कसैको नाममा पैसा नदिन आग्रह गरेका छन्। उनले “सामाजिक अभियान”को नाममा हुने असुलीप्रति सचेत रहन अपिल गर्दै नाम भजाएर पैसा उठाउने प्रवृत्ति खतरनाक बन्दै गएको संकेत गरेका छन्।

यस्तै, अर्का पत्रकार राजकुमार पासवानले पनि पत्रकारको नाम जोडेर भ्रम फैलाइएको दाबी गर्दै आवश्यक परे कानुनी प्रक्रिया अगाडि बढाइने बताएका छन्।

यता, आरोपित रतिसुमन ९बिटु० गुप्ताले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेका छन्। उनले विभिन्न अडियो क्लिपहरू जोडेर भ्रामक सामग्री तयार पारिएको दाबी गर्दै आफूले प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको बताएका छन्। साथै, प्रशासकीय भवन निर्माणमा भएको अनियमितताको प्रमाण आफूसँग रहेको र छिट्टै सबै तथ्य सार्वजनिक गर्ने दाबी पनि गरेका छन्।

घटनाले कञ्चनरुपमा तरंग ल्याएको छ। अब प्रश्न उठेको छ?

अडियो साँचो हो कि बनावटी ?

रकम मागिएको थियो कि षड्यन्त्र रचियो ?

पत्रकारको नाम किन र कसरी जोडियो ?

यी प्रश्नको उत्तर अब निष्पक्ष छानबिनले मात्रै दिनेछ। तर यति भने पक्का देखिएको छ?

कञ्चनरुपमा यतिबेला “सामाजिक अभियान” भन्दा “सामाजिक दरभाउ” बढी चर्चामा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार