मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

विद्युतीय सवारी साधनको प्रयोगलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत

Kanchan24 1+ समाचार ( )
५ जेठ २०८०, शुक्रबार

काठमाडौं, ५ जेठ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय साधनको प्रयोगलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सुन्दर अटो इञ्जिनियरिङ् प्रालिद्वारा आफ्नै डिजाइनमा तयार गरिएको नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘गन्तव्य’को उद्घाटन कार्यक्रममा सो कुरा बताउनुभयो ।

मन्त्री बस्नेतले भन्नुभयो, ‘उर्जामा सबैको पहुँच र उर्जा सुरक्षालाई सुनिश्चित गर्ने कुरामा, जलस्रोतमा आधारित उर्जाबाट मुलुकको समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले यसलाई व्यापक बनाउने सरकारको प्राथमिकताको विषय हो । सरकारले विद्युतीय साधनको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ ।’

मन्त्री बस्नेतले पेट्रोलियम सवारीलाई विद्युतीय बनाउने प्रयाले नेपाल र नेपाली दुवैले फाइदा लिन सक्ने भन्दै काठमाडौं लगायत अन्य क्षेत्रमा ट्रली बस सञ्चालनका लागि सरकार सक्रिय रहेको बताउनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले सुन्दर अटो इन्जिनियरिङले नेपालमै इलेक्ट्रिक मोटरसाइकलको उत्पादन गरेर ऊर्जा आयातलाई क्रमशः कम गराउँदै लैजाने कार्यमा सघाउ पुर्याउन भूमिका खेलेकोमा सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालाई धन्यवाद दिनुभएको थियो ।

सरकारले समेत आगामी दिनमा चार्जिङ स्टेशन निर्माणदेखि अन्य विभिन्न समस्याहरुलाई समाधान गर्न निरन्तर सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार