मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

बसन्तपुरमा भोलि हुने बृहतसभाको तयारी पुरा

Kanchan24 1+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

तेह्रथुम । पुष्पलाल मध्यपहाडी लोकमार्गमा जारी नेकपा एमालेको सम्बृद्धि यात्राका क्रममा भोली मंसिर २८ गते तेह्रथुमको बसन्तपुरमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीका अनुसार बसन्तपुरमा १५ हजार बढीको सहभागिता हुने गरि तयारी गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने सभामा सुनसरी, मोरङ, तेहथुम, धनकुटा र संखुवासभाबाट सहभागिता रहनेछ । सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कारजीप र ३ सय बढी मोटरसाइकलमा सहभागि हुने नेता तिवारीले बताउनुभयो । आजैदेखि सहभागिहरु बसन्तपुर जान थालेका छन् । भोली दिउँसो साढे १२  बजे बसन्तपुरमा सभा सुरु हुने छ ।

      बसन्तपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लिम्वू सँस्कृति अनुसार स्वागत गरिने छ । बसन्तपुर बजारमा हुने आमसभामा ५ सय १ जना स्वयम्सेवक खटिने छन् । सभाअघि बिभिन्न जातजाती भाषाभाषीको झाँकी सहित जुलुस निकालिने कार्यक्रम मुल आयोजक समितिका सहसंयोजक समेत रहेका नेता तिवारीले जानकारी दिनुभयो । 

आमसभाअघि चोलुङ्गपार्क र त्यहाँ स्थित ऐतिहासिक संग्राहलय नीरिक्षणको कार्यक्रम छ । बसन्तपुर मध्यपहाडी लोकमार्गमा पर्ने शहर हो । लोकमार्गमा रहेका १० शहरमा संचालित नयाँ शहर आयोजना बसन्तपुरमा पनि संचालित छ । बसन्तपुर गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेको प्रवेशद्वार पनि हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार