मुख्य समाचार
सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा |

सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार

Kanchan24 330+ समाचार ( )
१९ भाद्र २०८३, शुक्रबार

राजविराज। विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई उद्धार टोलीले जीवितै बाहिर निकालेपछि परिवारजन र स्थानीयवासीमा आशाको सञ्चार भएको छ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडी निवासी साहलाई सुरुङबाट बाहिर निकाल्नासाथ नेपाली सेनाको मेडिकल टोलीले प्राथमिक उपचार गरेको हो। उद्धारपछिको उनको स्वास्थ्य अवस्था र आवश्यक उपचारका लागि मेडिकल टोलीले तत्काल स्वास्थ्य परीक्षणसमेत गरेको बताइएको छ।
भोटेकोशी–त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीले जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि सुरुङभित्र कार्यरत कामदार तथा प्राविधिकहरू फसेका थिए। त्यसयता नेपाली सेना, सुरक्षा निकाय तथा सम्बन्धित प्राविधिकसहितको संयुक्त उद्धार टोलीले कठिन परिस्थितिमा खोज तथा उद्धार अभियान जारी राखेको छ।
उद्धार अभियानका क्रममा साहसँगै कविर महर्जन पनि सकुशल बाहिर निकालिएका छन्। साह आयोजनामा मेकानिकल फोरम्यान तथा महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
यसअघि पनि सुरुङभित्रबाट एक जनालाई जीवितै उद्धार गरिएको थियो। पछिल्ला उद्धारसँगै सुरुङभित्र फसेका अन्य व्यक्तिहरू पनि जीवितै हुन सक्ने आशा थप बलियो बनेको उद्धारमा संलग्न स्रोतहरूले जनाएका छन्।
उद्धार टोलीले सुरुङभित्र थुप्रिएको माटो, ढुंगा तथा अन्य अवरोध हटाउँदै भित्री भागसम्म पुग्ने प्रयास गरिरहेको छ। अवरुद्ध संरचना हटाउन आवश्यक स्थानमा एक्स्काभेटर तथा प्राविधिक विधिको प्रयोग गरिएको छ भने उद्धार कार्यलाई तीव्र बनाउन विशेष उपकरणसमेत परिचालन गरिएको बताइएको छ।
बाढीपछि त्रिशूली र भोटेकोशी नदी करिडोर क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा कार्यरत ठूलो संख्याका कामदारको अवस्था चिन्ताको विषय बनेको थियो। कठिन भौगोलिक अवस्था र सुरुङभित्रको जोखिमका बाबजुद संयुक्त उद्धार टोलीले अभियानलाई निरन्तरता दिइरहेको छ।
सप्तरीका सञ्जय साहलाई जीवितै उद्धार गरिएको खबर सार्वजनिक भएपछि उनको घरपरिवार तथा गाउँमा समेत राहत र खुसीको वातावरण बनेको छ। सुरुङको अन्धकारभित्र जीवनको खोजी जारी रहँदा एकपछि अर्को व्यक्ति जीवितै भेटिनु उद्धार टोलीका लागि पनि ठूलो उपलब्धि बनेको छ।
अहिले उद्धारकर्मीको ध्यान सुरुङको थप भित्री क्षेत्रमा पुगेर सम्भावित अन्य फसेका व्यक्तिको खोजीमा केन्द्रित रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार