मुख्य समाचार
तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने |

तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित
तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित

Kanchan24 328+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

कञ्चनरूप । सप्तरीमा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा फरार रहेका एक युवकलाई प्रहरीले करिब तीन महिनापछि पक्राउ गरेको छ।

सप्तकोसी नगरपालिका–१० निवासी ३५ वर्षीया महिलाको जाहेरीका आधारमा सप्तकोसी नगरपालिका–९ कमलपुरका ३२ वर्षीय दिलिप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार यादवमाथि २०८३ जेठ २५ गते पीडित महिलाको घरभित्रै प्रवेश गरी उनको कोठामा जबर्जस्ती करणी गरेको आरोप छ। घटनापछि फरार रहेका यादवलाई खोजी गर्ने क्रममा प्रहरीले २०८३ भदौ १५ गते कञ्चनरूप नगरपालिका–८ स्थित बेरियर चोकबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका यादवविरुद्ध जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। सप्तरी जिल्ला अदालत, राजविराजबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

घटनासम्बन्धी आवश्यक प्रमाण संकलन तथा अन्य पक्षमाथि समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार