मुख्य समाचार
कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर | बसबाट ओर्लिँदै गर्दा लडेकी निर्मलाको उपचारकै क्रममा मृत्यु | कञ्चनरूपमा आज पहिलोपटक राधाकृष्णको ऐतिहासिक रथयात्रा निकालिँदै | सुरुङभित्र फसेका सप्तरीका इन्जिनियर सञ्जय साहलाई जीवितै उद्धार | युग बदलियो, प्रश्न उस्तै छन् : विगतको मर्यादा र आजको कृष्ण–चेतना | कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता |

कञ्चनरूपमा पहिलोपटक राधाकृष्ण रथयात्रा, भक्तिको रंगमा रंगियो नगर

Kanchan24 333+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

कञ्चनपुर । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सप्तरीको कञ्चनरूप नगरपालिका शनिबार भक्तिमय बन्यो। पहिलोपटक आयोजना गरिएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा हजारौँ श्रद्धालु सहभागी भएपछि कञ्चनपुर बजारदेखि रुपनगरसम्मको क्षेत्र दिनभरि नै उत्सवमय बनेको हो।
श्री श्री १०८ राधाकृष्ण मन्दिर युवा रथयात्रा समिति, कञ्चनरूप–४ कञ्चनपुरको आयोजनामा निकालिएको रथयात्रा दिउँसो २ बजे राधाकृष्ण मन्दिरको प्राङ्गणबाट विधिवत् रूपमा सुरु भएको थियो। फूलमालाले सजाइएको आकर्षक रथमा राधाकृष्णको पूजा–आराधना गर्दै अघि बढेको यात्राले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो।
रथयात्रा नन्दलाल चोक, कञ्चनपुर बेरियर, विष्णु मन्दिर टोल, रुपनगर चोक, काष्ठमहाल हटिया, वन कार्यालयअगाडि, चाँदनी चोक र सर्वोदय स्कुल हुँदै कञ्चनपुर बजार पुगेपछि पुनः राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको थियो।
करिब ८ किलोमिटरको धार्मिक परिक्रमाका क्रममा विभिन्न चोक तथा धार्मिक स्थलमा रथ रोकिँदा दर्शन र पूजाअर्चनाका लागि श्रद्धालुको भीड लागेको थियो। सडकका दुवैतर्फ उभिएका भक्तजनले राधाकृष्णको दर्शन गर्दै फूल, अक्षता र प्रसाद चढाएका थिए।
पञ्चेबाजादेखि लाखे नाचसम्म
रथयात्रा अघि बढ्दै गर्दा पञ्चेबाजा, भजन–कीर्तन, लाखे नाच तथा विभिन्न सांस्कृतिक झाँकीले वातावरणलाई थप उल्लासमय बनाएको थियो। भजनको तालमा श्रद्धालुहरू झुमिरहेका थिए भने बालबालिका, युवा तथा महिलाको उल्लेख्य सहभागिताले यात्रामा छुट्टै रौनक थपेको थियो।
रथसँगै अघि बढेको भक्तजनको लाम, सडकमा गुञ्जिएका भजन र ठाउँ–ठाउँमा भएको स्वागतले कञ्चनरूपमा जन्माष्टमीको माहोललाई झनै रंगीन बनाएको थियो।
पहिलो रथयात्रा, ऐतिहासिक उत्साह
कञ्चनरूपमा पहिलोपटक आयोजना भएको राधाकृष्ण रथयात्रालाई स्थानीयले धार्मिक कार्यक्रमभन्दा माथि उठेर स्थानीय संस्कृति, परम्परा, सद्भाव र एकताको उत्सवका रूपमा लिएका छन्।
नगर क्षेत्रसँगै आसपासका गाउँबाट समेत श्रद्धालुहरू रथयात्रामा सहभागी भएका थिए। विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, धार्मिक व्यक्तित्व, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको आयोजकले जनाएको छ।
पहिलोपटक निकालिएको रथयात्राले कञ्चनरूपको धार्मिक तथा सांस्कृतिक पहिचानलाई नयाँ उचाइ दिएको सहभागीहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता कार्यक्रमले नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्नुका साथै समाजमा धार्मिक सद्भाव र आपसी एकताको भावना बलियो बनाउनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार