मुख्य समाचार
राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै रुपनगरमा मिनी महोत्सवको रौनक | घटस्थापनासँगै बडादसैँ सुरु, घरघरमा जमरा राखेर शैलपुत्रीको पूजा | सप्तरीमा ५६ किलो लागुऔषध गाँजा बरामद | यस वर्षको दशैंको उत्तम टीका साइत बिहान १०:२६ बजे, पश्चिम फर्किएर टीका लगाउनुपर्ने | कञ्चनरूपमा अमरेशको ‘इन्ट्री’, पासवानको ‘यु–टर्न’ ! रास्वपा प्रवेशमा किन मौन ? | सप्तरी–१ कांग्रेसमा पुनः ललनको नेतृत्व, तल्लो तहमा असन्तुष्टि चुलियो | सप्तरी–१ मा चुनावअघि नै फेसबुकमा उम्मेदवार तय, दलभित्र अझै अन्योल ! | टिपरको पछाडि मोटरसाइकल ठोक्किँदा सप्तरीमा एकको मृत्यु, दुई घाइते | प्रतिनिधिको मत कि बन्द कोठाको सौदा? सप्तरी–१ कांग्रेसमा सर्वसम्मतिको कसरतमाथि प्रश्न | एउटै पद, छ दाबेदार : सप्तरी–१ कांग्रेसमा सहमति टर्‍यो, अब मतपेटिकाको फैसला |

सप्तरीको बरमझियामा दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्‌घाटन

Kanchan24 358+ समाचार ( )
१४ भाद्र २०८१, शुक्रबार

कञ्चनरूप ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीले नागरिकलाई सजिलो र शान्ति महसुस हुने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिए ।
महानिरीक्षक अर्यालले शुक्रबार सप्तरीको बरमझियामा दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उद्‌घाटन गर्दै असीमित आवश्यकता र सीमित साधन स्रोतबाट राज्यले दिएको जिम्मेवारी पूरा गर्दै आएको बताएका छन् ।  
विपद व्यवस्थापन, हुल तथा दगा, सिमा सुरक्षा, युएन शान्ति स्थापना सम्बन्धी तालिमहरू सञ्चालनको लागि तालिम शिक्षालयहरू रहेकोमा अब देखी विशेष प्रक्रितीका कार्यहरूसँग सम्बन्धित तालिम प्रदान गर्ने गरी सप्तरीमा तालिम केन्द्रको स्थापना गरिएको ब्यहोरा उल्लेख गर्नु भयो । एन्टि टेरोरिजम, होस्टेज रेस्क्यू, फायर राइटिङ एबं  वाटर रेस्क्यू सम्बन्धित तालिमहरू उल्लेखित शिक्षालयमा सञ्चालन गरिने महानिरीक्षक अर्यालले बताए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्राती र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले समेत मन्त्तब्य राखेका थिए ।
कार्यक्रममा स्थानीय पालिका प्रमुखहरू, उपप्रमुखहरू, कोशी र मधेश प्रदेशका सशस्त्र प्रहरी बल नेपालका बाहिनिपतीहरु, मधेश प्रदेशका सशस्त्र प्रहरीका जिल्ला स्थित प्रमुखहरू, अन्य कार्यालयका कार्यालय प्रमुखहरू स्थानीय सङ्घ संस्थाका प्रमुखहरू र स्थानियहरुको समेत उपस्थिति रहेको थियो ।  
तालिम केन्द्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी उपरीक्षक सहित अठार जनालाई प्रशंसा पत्र प्रदान गरिएको थियो । शिक्षालयलाई प्रत्यक्ष सहयोग गर्ने नगरपालिका, गाउपालिका, स्थानीय ब्यक्तिहरूलाई समेत प्रशंसा पत्र द्वारा सम्मान गरिएको थियो ।
प्रत्येक प्रदेशमा एक तालिम शिक्षालय रहने व्यवस्थाअनुसार मन्त्रिपरिषद्को २०७५ जेठ २० गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपालको दन्तकाली विशेष कार्य तालिम शिक्षालय नामाकरणका भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार