मुख्य समाचार
एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश | सात दशकको प्रतीक्षा : लालपुर्जाको खोजीमा राजविराज |

अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग

Kanchan24 324+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

राजविराज । शुक्रबार दिउँसो राजविराजस्थित औषधि पसलको अनुगमन गर्ने क्रममा पसलेहरूको भागाभाग भएको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाइमा, जिल्ला जनस्वास्थ्य कार्यालय, कर कार्यालय, घरेलु कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च,उ द्योग वाणिज्य संघ , सुरक्षा निकाय लगायतको संयुक्त अनुगमन टोलीले सदरमुकाम राजविराज स्थित औषधी पसलहरूको अनुगमन गरेको थियो ।
अनुगमन टोली आउने जानकारी पाए लगतै धेरै औषधि पसलेहरू पसल बन्द गरेर भागेका थिए ।  
अनुगमन टोलीका एक सदस्यको अनुसार बिल बिजक, प्रतिबन्धित औषधि बेचविखन भएरनभएको, सरसफाइ, डेट एक्सपायर, भण्डारण लगायतका विषयमा औषध पसलको अनुगमन गर्न टोली निस्किएको थियो ।
धेरैले औषधि पसलेले बन्द गरे पनि पनि राजविराज ७ स्थित रूपेश राज फार्मेसी, साइमेडिको इन्टरप्राइजेज, राजविराज ३ स्थित एस औषधी पसल, आर एस ड्रग्स डिस्ट्रिव्युटर्स, वडा नम्बर ४ स्थित राजविराज फार्मेसी, सुशान्त प्याथोलोजी, मारुती मेडिकल, गजेन्द्र नारायण सिंह अस्पतालको फार्मेसी, छिन्नमस्ता अस्पताल, राजविराज ६ स्थित जनता डिस्पेन्सेरीको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा बिल बिजक नकाटेको र सरसफाइ नगरेको भन्दै केही पसललाई रु ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
अनुगमन टोलीका एक सदस्यका अनुसार फार्मेसीको अनुमति लिएर भित्र ल्याब चलाइरहेको सूचना समेत आएको छ । ती पसलहरूको अब गोप्य तरिकाले अनुगमन गरी कारवाही गर्ने तयारी अनुगमन समितिको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार