मुख्य समाचार
अत्यधिक गर्मीका कारण कञ्चनरूप सबै विद्यालयमा तीन दिन बिदा बिदा | कञ्चनरूपमा सुन सफा गरिदिने बहानामा ठगी गर्ने दुई भारतीय पक्राउ | अवधेशको नयाँ अध्याय, बने प्रेस जनमत सङ्घको केन्द्रीय अध्यक्ष | लुटपाटको क्रममा गोली प्रहार हुँदा एक जनाको मृत्यु | सप्तकोशी नदीमा डुबेका प्रहरीलाई खोज्ने क्रममा भने अर्को व्यक्तिको शव फेला | शैक्षिक गुणस्तरमा उकालो लाग्दै रूपनगर क्याम्पस | सप्तरीको कञ्चनरूपमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु | अन्तरपार्टी प्रतिस्पर्धामा डा. शेखर कोइरालाको बिरोध यात्रा छलाङ्गमा :जय प्रकाश आनन्द | सप्तरी सहित मिथिलामा मनाइयो बटसाबित्री पर्व | एक सय ३७ किलो ७६ ग्राम गाँजा सहित एक जना मानिस पक्राउ |

अनुगमन टोली आउँदा राजविराजका औषधि पसलेहरू सटर बन्द गरेर भागाभाग

Kanchan24 184+ समाचार ( )
२८ वैशाख २०८१, शुक्रबार

राजविराज । शुक्रबार दिउँसो राजविराजस्थित औषधि पसलको अनुगमन गर्ने क्रममा पसलेहरूको भागाभाग भएको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीको अगुवाइमा, जिल्ला जनस्वास्थ्य कार्यालय, कर कार्यालय, घरेलु कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च,उ द्योग वाणिज्य संघ , सुरक्षा निकाय लगायतको संयुक्त अनुगमन टोलीले सदरमुकाम राजविराज स्थित औषधी पसलहरूको अनुगमन गरेको थियो ।
अनुगमन टोली आउने जानकारी पाए लगतै धेरै औषधि पसलेहरू पसल बन्द गरेर भागेका थिए ।  
अनुगमन टोलीका एक सदस्यको अनुसार बिल बिजक, प्रतिबन्धित औषधि बेचविखन भएरनभएको, सरसफाइ, डेट एक्सपायर, भण्डारण लगायतका विषयमा औषध पसलको अनुगमन गर्न टोली निस्किएको थियो ।
धेरैले औषधि पसलेले बन्द गरे पनि पनि राजविराज ७ स्थित रूपेश राज फार्मेसी, साइमेडिको इन्टरप्राइजेज, राजविराज ३ स्थित एस औषधी पसल, आर एस ड्रग्स डिस्ट्रिव्युटर्स, वडा नम्बर ४ स्थित राजविराज फार्मेसी, सुशान्त प्याथोलोजी, मारुती मेडिकल, गजेन्द्र नारायण सिंह अस्पतालको फार्मेसी, छिन्नमस्ता अस्पताल, राजविराज ६ स्थित जनता डिस्पेन्सेरीको अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा बिल बिजक नकाटेको र सरसफाइ नगरेको भन्दै केही पसललाई रु ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।
अनुगमन टोलीका एक सदस्यका अनुसार फार्मेसीको अनुमति लिएर भित्र ल्याब चलाइरहेको सूचना समेत आएको छ । ती पसलहरूको अब गोप्य तरिकाले अनुगमन गरी कारवाही गर्ने तयारी अनुगमन समितिको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार