मुख्य समाचार
कोशीब्यारेजमा २ लाख २९ हजार क्युसेक पानी , खतराको तह पार | तीन महिनापछि पक्राउ परे जबर्जस्ती करणी आरोपित | कोशी ब्यारेजमा पानीको प्रवाह २ लाख १० हजार क्युसेक नाघ्यो | बाढी रसुवामा आयो, रात निदाउन छाड्यो सप्तरीले | कञ्चनरूपको ७९ करोड ८७ लाखको बजेट , शिक्षा–स्वास्थ्यदेखि पूर्वाधारसम्म प्राथमिकता | कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड |

लेटाङमा प्रहरीको सर्च अभियान, गाँजा र प्रतिवन्धित औषधिसहित ३ जना पक्राउ

Kanchan24 1+ समाचार ( )
२१ आषाढ २०८०, बिहीबार

मोरङ । लेटाङ नगरपालिका क्षेत्रमा प्रहरीले लागुऔषध नियन्त्रणका लागि सर्च अभियानलाई तीव्रता दिएको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले दैनिक जसो नगरका विभिन्न ठाउँमा लागूऔषध प्रयोगकर्तालाई लक्षित गरि सर्च अभियान चलाउन थालेको छ । यसरी सर्च अभियानका क्रममा लागुऔषध तथा प्रतिवन्धित औषधिसहित प्रहरीले विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । मंगलबार राति मात्र लेटाङ नगरपालिकाको जाँते क्षेत्रमा प्रहरीले गरेको सर्च अभियानका क्रममा प्रतिवन्धित औषधि र गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । 

  इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले लेटाङ ९ जाँतेका दिवाहाङ राई र पवन बाग्दासलाई ५ सय ६४ ग्राम गाँजासहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रतिवन्धित औषधि स्पासपेन २०० सय चक्की र ट्रामाडोल २०० चक्की पनि बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध गाँजाको कारोवार गरेको आरोपमा मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो । 

 यस्तै मंगलबार राति नै लेटाङ ९ का अभिशेक दर्जीलाई प्रहरीले प्रतिवन्धित औषधि ट्रामाडोल ४ सय ४५ चक्की, स्पासपेन ५ सय ५३ चक्की र लागुऔषध खाने प्लाष्टिकको बट्टासहित नियन्त्रणमा लिएको जनाएको छ । दर्जीलाई औषधि व्यवस्था विभागमा आवश्यक कारवाहीका लागि जिम्म लगाएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले लेटाङ ८ बाट २ जनालाई प्रतिवन्धित औषधि ट्रामाडोल र स्पासपेनको खोल सहित पक्राउ गरेको छ । उनीरुको साथबाट खोल मात्र बरामद भएकाले हाललाई सुधार केन्द्र पठाउने गरि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।  

 लागुऔषध नियन्त्रणका लागि सर्च अभियानलाई तीव्रता दिएको लेटाङ प्रहरीले शनिबार मात्र लेटाङ  ३ बाट प्रतिवन्धित औषधिसहित एकजनालाई पक्राउ गरेको थियो । लेटाङ क्षेत्रमा पछिल्लो समय लागुऔषध दुव्र्यसनीहरुको संख्या बढिरहेको छ । लेटाङ नगरपालिकाले सञ्चालन गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा समेत नगरवासीले लागुऔषधि दूव्र्यसन नियन्त्रणमा नगरपालिकालाई विशेष कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका थिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार