मुख्य समाचार
कञ्चनरुपमा पोषणमैत्री स्वास्थ्य सेवाको सुरुवात, बरमझिया स्वास्थ्य चौकी पहिलो घोषित | एक रात जसले किसानको वर्षभरिको सपना खोस्यो | डाक्नेश्वरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | संघीयता खारेज गर्नु संविधान २०७२ समाप्त गर्नु हो : पूर्वमन्त्री लेखी | कञ्चनरूपको ६९ करोड २४ लाखको बजेट, पूर्वाधारमा सबैभन्दा बढी जोड | कञ्चनरूपले पर्यटन प्रवर्द्धनमा जोड दिने | कञ्चनपुर अस्पतालको स्पष्टीकरणः ‘पुरुष बिरामीको रिपोर्टमा पाठेघर’ प्राविधिक त्रुटि, परीक्षणमा गल्ती नभएको दाबी | पुरुष बिरामी, तर रिपोर्टमा पाठेघर, कञ्चनपुर अस्पतालको लापरबाही | राजविराजको विटौरी जग्गा: सात दशकदेखिको प्रतीक्षा, नागरिकको अधिकार कहिले सुनिश्चित हुन्छ ? | शिक्षा, नेतृत्व र अधिकारका लागि बाँतर समुदायलाई श्यामसुन्दर सरदारको एकताको सन्देश |

कञ्चनरूपमा जङ्गली हात्तीको आक्रमण, ६९ वर्षीया महिला जीवन–मृत्युको संघर्षमा

Kanchan24 325+ समाचार ( )
२० फाल्गुन २०८२, बुधवार

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ धरमपुरस्थित साइफन क्षेत्रमा बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमण हुँदा एक वृद्धा गम्भीर घाइते भएकी छन्।

स्थानीय ६९ वर्षीया खड्गमती राई गोठालो गएका बेला करिब ३ बजेतिर अचानक आएको हात्तीले आक्रमण गरेको बताइएको छ। शान्त देखिएको हात्ती एक्कासि आक्रामक बन्दै उनीमाथि जाइलाग्दा राई गम्भीर घाइते भएकी हुन्।

घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी धर्मेश्वर अस्पतालमा पुर्‍याएका थिए। प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगर रेफर गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ। हाल उनको उपचार विराटनगर स्थित न्युरो अस्पताल मा भइरहेको छ।

परिवारजनका अनुसार राईको खुट्टा र कम्मरमुनि भागमा गम्भीर चोट लागेको छ र अवस्था अझै जोखिमपूर्ण रहेको छ। हात्तीले आक्रमणका क्रममा स्थानीय एक पसलमा समेत तोडफोड गरी क्षति पुर्‍याएको उल्लेख छ।

धरमपुर र आसपासका क्षेत्रमा पछिल्लो समय जङ्गली हात्तीको गतिविधि बढ्दै जाँदा स्थानीयवासी त्रसित बनेका छन्। वन्यजन्तु नियन्त्रण तथा सुरक्षाका लागि प्रभावकारी कदम चाल्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार